२३ बैशाख काठमाडौं । रुकुमको चौरजहारी नगरपालिकामा सत्तारुढ नेपाली काँग्रेस माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ ।

आज चुनाव प्रचारप्रसारका क्रममा झडप हुँदा तीन जना घाइते भएका छन् । चुनाव प्रचारका क्रममा जम्काभेट भएको र सामान्य विवाद उग्ररुप लिँदा झडप भएको हो ।

चौरजहारी १२ मा भएको झडपमा काँग्रेस कार्यकर्ता भीमबहादुर ओली गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि नेपालगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

त्यसको केही समय पछि चौरजहारी नगरपालिका १४ मा पनि काँग्रेस र माओवादी बीच झडप भएको हो । झडपमा माओवादीका लिलाधर वली र देवेन्द्र राना घाइते भएका छन् । घटनास्थल सदरमुकामबाट भित्र गाउँमा रहेकाले थप विवरण आउन बाँकी रहेको बताइएको छ ।