१५ चैत, एजेन्सी ।

भारतसँगको खेलमा महत्वपूर्ण पारी खेलेर भारतलाई सेमी फाइनलमा पुर्‍याएका भारतीय ब्याट्सम्यान बिराट कोहोलीले आफ्नी (ब्रेकअप भएको भनिएकी) प्रेमिका अनुष्का शर्माको मजाक उडाइएकोप्रति रोश प्रकट गरेका छन् ।

बिराटको अविजित ८२ रनको माध्यमले भारत विजयी भएपछि शुरु भएको सामाजिक सञ्जालमा अनुष्काःविराटको ट्रोल नै चलेपछि कोहोली आक्रोशित भएका हुन् ।

anuska virat angry

कोहोलीले आफ्नो र अनुष्काको नाम जोडेर अनावश्यक ट्रोल चलाउनेहरुले लाज मान्नु पर्ने भन्दै आफूलाई अनुष्काले सँधै सकारात्मक उर्जा मात्र दिएको बताएका छन् ।

virat koholi on anuskha troll

उनले शेम अर्थात लाजमर्दो लेखिएको तस्विर समेत शेयर गरेका छन् ।

अनुष्का विराटको ब्रेकअपको कारण ४० करोड

बिराट कोहोलीलाई पुनम पाण्डेको उपहार (तस्विर सहित)

अनुष्का र विराटबीच ब्रेकअप भएको चर्चा केही समय यता चल्दै आएको छ । यस अघि पाकिस्तानसँगको खेलमा राम्रो प्रदर्शन गरेपछि अनुष्काले विराटलाई बधाइ दिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।