हेडलाइन्स टिप्पणी ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विगत एक महिनाको अवधीमा २ शक्तिशाली छिमेकी देशको भ्रमण सम्पन्न गरेका छन् । देशमाथि नाकाबन्दी लागिरहेकै समयमा प्रधानमन्त्री बनेका ओलीले नाकाबन्दी लगाउने भारतको भ्रमण पहिलो विदेश भ्रमण बनाउने नेपाली प्रधानमन्त्रीय परंपरा तोडेनन् । बरु भारतकै पक्षबाट यस्ता कुरा नभएपनि ओलीले भने दिल्लीसँगको असमझदारी हटेको दावी पटक पटक दोहोर्‍याए । भारतबाट फर्किएको ठिक १ महिनापछि ओली चीन गएर फर्केका छन् । भारत भ्रमणलाई सफल भनिएकोमा चीन भ्रमणलाई ‘पूर्ण सफल’ भनिएको छ ।

चिनियाँ राष्ट्रिय दैनिकमा भारतलाई चुप लगाउने लेख

चिनियाँ पत्रकारले ओलीलाई सोधेको सबैभन्दा जटिल प्रश्न

दुइ ठुला छिमेकी भारत र चीनको बीचमा अनेका हण्डर खाएर अस्तित्व जोगाइरहेको नेपालको लागि धेरै सुविधा छैनन् । सँधै भारततिर लहसिने र भारतबाट साथ नमिल्दा चीनतिर दगुर्ने र फेरी भारतसँग सम्वन्ध सहज हुने बितिकैचीन बिर्सने पुराना इतिहासका कारण नेपालले आफूलाई बारम्बार समस्यामा पार्ने गरेको छ । दुबै देशबीच सन्तुलनकारी सम्बन्ध विकास गर्न नसक्नु र छिमेकी नीतिमा चिप्लनु नेपालको समस्या रहँदै आएको छ । यही आलोकमा ओलीको भारत र चीन भ्रमणलाई विश्लेषण र मूल्याङ्कन गर्नु जरुरी छ।

china visit oli

प्रधानमन्त्रीको चीन र भारत भ्रमणमा केही तात्वीक भिन्नता देखिए । यहाँ ती तीन भिन्नताबारे चर्चा गरिएको छ ।

पहिलो भिन्नताः ब्यवहारिक सम्मान
चीन जानु अघि भएको ओलीको भारत भ्रमणलाई राजकीय भनिएको थियो । भनाइमा राजकीय भनिएपनि ओलीलाई भारतमा पूर्णतः राजकीय भ्रमणको ब्यवहार गरिएन किन भने राजकीय भोज लगायतका कुरा शुरुमै खड्किए । ओलीको भ्रमण टोली जम्बो भएपनि भारतले पुरै टोलीको स्पोन्सर गर्‍यो तर सबै टोलीलाई ब्यवस्थित सम्मान गरिएन । प्रधानमन्त्रीको टोलीमै पर्नेहरुले सुत्न र खान समेत समस्या ब्यहोर्ने अवस्था दिल्लीमा सृजना भयो ।

Oli Pose in India 1

चीनले भने ओलीको जम्बो टोलीलाई स्पोन्सर गर्न नसक्ने शूरुमै स्पष्ट पार्‍यो र स्पोन्सर गरेका पाहुनाका लागि उचित ब्यवस्थापन गरेर ब्यवहारिक सम्मान दियो । राजकीय भ्रमणमा बोलाएका छिमेकी प्रधानमन्त्रीसँग संयुक्त विज्ञप्ति जारी गर्न तयार नहुने भारतको तुलनामा ससम्मान भ्रमणकोबिचमै संयुक्त बक्तब्य जारी गर्ने तयार भएको चिनियाँ पक्ष ओलीका लागि सम्मानजनक देखियो । भारत भ्रमण न्यानोबाट शुरु भएर चिसो अन्त्य (संयुक्त बक्तब्य आउन नसक्नु) मा टुङ्गिएको थियो भने चीन भ्रमण न्यानोबाट शरु भएर न्यानोमै सकिएको छ ।

दोश्रो भिन्नताः मिडिया प्रचारवाजी
नेपालमा हुने हरेक कुरा र खासगरी छिमेकीसँगका सम्बन्धबारे भारतीय मिडियामा धेरै नै प्रचारवाजी हुने गर्छ । ओलीको चीन भ्रमण अघि, भ्रमणकै क्रममा र भ्रमणपछि पनि भारतीय मिडियाले नेपाल भारत सम्बन्ध र ओलीको भ्रमणबारे अनेकन कोणबाट प्रचारवाजी गरेका थिए । त्यो क्रम ओलीको चीन भ्रमणको पूर्वसन्ध्यामा मात्र नभएर चीन भ्रमणकै क्रममा समेत कायम रह्यो ।

Oli China vs Oli India

यद्यपी ओलीको भारत भ्रमणबारे चाल नै नपाएको जस्तो गरेका चिनियाँ मिडिया नेपाली प्रधानमन्त्री बेइजिङ नै पुग्दा पनि शालिन देखिए । चिनियाँ सञ्चार माध्यम राज्य नियन्त्रित हुने भएका कारण पनि हुन सक्छ ओलीको भ्रमणले चिनियाँ मिडियामा अनावश्यक मिडियावाजी पाएन । भारतीय मिडियाले जस्तो चिनियाँ मिडियाले अनेकन तिकडम कथाबस्तु पनि प्रस्तुत गरेनन् । नेपाल र चीनबीच भएका सम्झौता दीर्घकालीन महत्वका भएका भन्नु बाहेक चिनियाँ मिडियाले भारतसँग जोडेर कुनै प्रचार सामग्री प्रस्तुत गरेनन् ।

तेश्रो भिन्नताः ९ बुँदे भर्सेज १० बुँदे
ओलीको चीन र भारत भ्रमणका क्रममा दुवै तिर सम्झौता भए । भारतमा ९ बुँदे सम्झौता भयो भने चीनमा १० बुँदे सम्झौता । तर सम्झौताको प्रकृति, तौल र आयतन भने फरक छ । भारतमा गरिएका सम्झौता प्रधानमन्त्री स्तरीय भ्रमणलाई सफल देखाउनका लागि पुराना समझदारीमै लेप लगाइएका सम्झौता थिए भने चीनसँग करिव करिव सबै सम्झौता नयाँ छन् । भारतले यस अघि प्रतिबद्धता गरिएका बंगलाबन्द र विशाखापट्नम बन्दरगाह प्रयोग गर्न दिने बताएको बेला चीनले पनि आफ्नो बन्दरगाह नेपाललाई प्रयोग गर्न दिने बताएको छ ।

Oli china agreement

दुवै देशले नेपालको विद्युतमा चासो देखाएका छन् । चीनले तिब्बतबाट नेपाललाई विद्युत आपुर्ती गरेर तात्कालीन फाइदा लिने र नेपालका जलविद्युत आयोजनामा प्रवेश गर्ने मार्ग खोजेको छ भने भारतले नेपालको जलश्रोत र विद्युतीय आयोजनामा आफ्नो नियन्त्रण कायम रहोस् भन्ने मनसाय देखाएको छ । चीनसँग भएको सम्झौताले भारतमाथि नेपालको एकल निर्भरता हटाउने कोसिस गरेको छ भने भारतमा भएका सम्झौता नेपालमाथिको एकलौटी निर्भरता कायम राख्नेमा केन्द्रित देखिन्छन् । ओलीले भ्रमणका बेला चीनलाई भारतको विकल्पका रुपमा पेश गर्न खोजेनन र चीनलाई चीनकै ठाउँमा राख्नु पनि एउटा उपलब्धी हो । चीनसंग सम्वन्ध बढाउँदा भारतलाई चिढ्याउन जरुरी छैन् भन्नेमा ओली सतर्क देखिए ।

ओली आउनासाथ रञ्जित रेलाई फिर्ता पठाउने ?

ओलीले चिनियाँ भाषा नबुझ्दा के भयो (भिडियो)

नेपालमा चीनको षडयन्त्रः भारतीय मिडिया रिपोर्ट (भिडियो सहित)