७ भदौ । काठमाडौं
प्रधानमन्त्रीमा प्रचण्ड चयन भएको २२ औं दिनमा कांग्रेसले आफ्नो तर्फका मन्त्री टुंग्याउने भएको छ । यस अघि नेविसंघको महाधिवेशन कुर्ने बताइए पनि आन्तरिक समीकरण मिलाउनै नसकेपछि सभापति शेरबहादुर देउवाले अन्ततः २२ औं दिनमा आफ्नो तर्फका ११ मन्त्रीलाई सपथ गराउने तयारी गरेका हुन् ।

महेन्द्र मञ्जिलको विजुली काटिएकोमा राप्रपा नेपालको आपत्ति

प्रधानमन्त्री प्रचण्डले देउवासँग मन्त्रीको नाम मागेको ६ पटकभन्दा बढी भइसकेको छ । साथै, देउवा उपचारको लागि शुक्रबार सिंगापुर जाने भएकोले पनि सम्भवतः बुधबार कांग्रेसका मन्त्री टुंगिन लागेका हुन् ।

congress discussion

देउवाको तयारी अनुसार आफनो तर्फका लगभग सबै मन्त्री टुंगिसकेका छन् भने अब विश्वासपात्र विमलेन्द्र निधि भारतबाट फर्किएपछि उनले फाइनल टच दिन मात्र बाँकी छ । मन्त्री बन्ने नेताको लगभग टुंगो लागिसके पनि कसलाई कुन मन्त्रालय दिने भन्ने टुंगो लाग्न बाँकी छ । कांग्रेसको तर्फबाट निधिले नेतृत्व गरेर सरकारमा गएपछि आफू अनूकूल काम गराउने गरी नेताहरुलाई जिम्मेवारी दिनुपर्ने मत उनले राखेपछि नेविसंघको महाधिवेशन सकिएपछि पनि देउवा मन्त्री घोषणा गर्न रोकिएका थिए ।

यी हुन् देउवा खेमाका मन्त्री
देउवाले आफ्ना पश्चिमका विश्वासपात्र बालकृष्ण खाडलाई रक्षा मन्त्री बनाउने तयारी गरेका छन् । प्रकाशशरण महतले नेविसंघको ९ वर्षदेखि रोकिएको महाधिवेशन गराउन प्रमुख भूमिका खेलेको र आफ्नो पक्षलाई जिताएको पुरस्कार स्वरुप उनलाई सम्भवतः परराष्ट्र मन्त्रालय दिइंदै छ । कोइराला खानदानका नेता शेखर कोइरालाई यदि फेरि परराष्ट्र मन्त्रालय दिने हो भने महतलाई अर्को कुनै मालदार मन्त्रालय दिनमा देउवा सम्भवतः राजी भइसकेका छन् । यस्तोमा महतले शिक्षा वा नागरिक उड्ययन एवं पयर्टन मन्त्रालयको पुरस्कार पाउँनेछन् ।

sher bahadur deuwa at congress head office sanepa

यसपटक मन्त्रीका लागि दबाब नदिइकनै कुनै नेताले मन्त्री पाउँदैछन् भने ती हुन् हुम्लाका जीवनबहादुर शाही । अमेरिकाबाट पाइलट पढेर राम्रो कमाउने धन्दामा नलागी दुर्गम हुम्लाबाट राजनीति गरेका शाहीलाई देउवाले उनकै कौशल अनुसार पर्यटन मन्त्रालय छुट्याएका छन् । पहुँचका भरमा पर्यटन मन्त्रालय डा. महतले उछिट्याए शाहीलाई वन मन्त्रालय दिने तयारी भएको देउवाको दाबी छ ।

प्रधानमन्त्री भाषण गर्दागर्दै बिरामी

पहिले निहुँ खोजेका अर्जुननरसिंह केसी पनि सम्भतः मन्त्री बन्दैछन् । मालदार मन्त्रालयमा आँखा लगाएका उनलाई माओवादीसँग स्वास्थ्यमा साटेपछि अब शिक्षको जिम्मेवारी दिने तयारी छ । यो नभए सहरी विकास मन्त्रालय लगभग पक्का छ । देउवाले अझै पनि नेता शेखरलाई परराष्ट्र बाहेकका मन्त्रालय रोज्न भने पनि कोइरालाले यो बाहेकको मन्त्रालयमा आफू जागिरको लागि नजाने प्रष्ट्याउँदै आएका छन् ।

यी चार बाहेक देउवा कोटरीबाट अर्का एक नेताले मन्त्री बन्ने सौभाग्य पाउनेछन् । यसका लागि भने निक्कै नेताहरु दाबेदार देखिएका छन् । कोइराला निकट हुँदै देउवा क्याम्पमा आएका झापाका भीष्मराज आगंदाम्बे, अर्जुन जोशी, केशवकुमार बुढाथोकी, मोहनबहादुर बस्नेत, फरमुल्लाह मन्सुर मध्ये एक जना लगभग मन्त्री हुनेछन् ।

पौडेल पक्षबाट तीन जना
पौडेल पक्षबाट कोषाध्यक्ष सीतादेवी यादव, नविन्द्रराज जोशी, दिपक गिरी मन्त्री बन्ने लगभग टुंगो लागिसकेको छ । पौडेलले आफ्नो टिममा छलफल भएको नभने पनि आफू निकटका नेता जोशीलाई उनले मन्त्री बनाउन भित्री रुपमा देउवालाई भनिसकेका छन् । उता गिरी भने शशांकको विश्वासपात्र भएपछि लगभग मन्त्रीका लागि छनोट भइसकेका छन् । काठमाडौंका रैथाने नविन्द्रराज जोशीलाई पौडेलको समर्थन छ । कांग्रेसमा महिला भए पनि कोषाध्यक्ष जस्तो ठूलो पद जितेकी सीतादेवी यादवले मन्त्री बन्ने चाहना गरेपछि उनलाई हुँदैन भन्ने सक्ने अवस्थामा पौडेल पक्ष नभएको बुझिएको छ ।

congress meeting sher bahadur deuwa ramchandra paudel
यी बाहेक आनन्दप्रसाद ढुंगाना मन्त्रीका लागि अर्का सम्भावित नाम हुन् । कमला पन्त, राजन केसी पनि यो पक्षबाट मन्त्रीका लागि दाबेदारमा देखिएका नाम हुन् ।

सिटौलाको एक नाम दिने
महाधिवेशनदेखि नेविसंघको महाधिवेशनसम्म कोइरालाहरुको विद्रोही बन्दै तेस्रो पक्षका रुपमा आफूलाई दाबी गर्दै आएका अर्का खेलाडी कृष्णप्रसाद सिटौलाले पनि एउटा मन्त्रालय हत्याउँदै छन् । काठमाडौंका भीमसेनदास प्रधान वा झापाका सुधीरकुमार सिवाकोटीमध्ये एक नाम सिटौलाले छान्नुपर्ने छ । केहीले नेता गगन थापालाई पनि मन्त्री बनाउन दबाब दिएका छन् ।

congress mahaadhivesa ram chandra poudel krishna prasad sitaula

भ्रष्टाचारमा जेल बसेर पुनः कांग्रेसमा उदाउका खुमबहादुर खड्काले पनि शंकर भण्डारलाई मन्त्री बनाउन देउवालाई बारम्बार आग्रह गरेका छन् । तर, देउवाले फूल मन्त्री दिन नसक्ने बताए पनि मिलाउन सके राज्यमन्त्री भण्डारीका लागि उपयुक्त हुने बताइसकेका छन् ।

राज्यमन्त्रीको लागि दौडमा को को
बलबहादुर केसी, दिलबहादुर घर्ती, हृदयराम थानी, तारामान गुरुगं, किरण यादव, मीन विश्वकर्मा, जीवन परियार, अम्बिका बस्नेत, इश्वरी न्यौपाने, सीता गुरुगं, रामहरि खतिवडा, कञ्चनचन्द्रबादे, ध्यानगोविन्द रञ्जित, सरिता प्रसाई, राधेचन्द्र यादव मध्येबाटै केही राज्यमन्त्री हुने चर्चा छ ।