७ भदौ, काठमाडौं ।

गत साता मात्र चीन गएर फर्किएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा यसै साता पाकिस्तान जाने भएका छन् ।

पूर्व बडामहारानीको निवासमा विजुली काटिएपछि दीपकको ब्यङ्ग्य

सार्क स्तरीय अर्थमन्त्रीहरुको बैठकमा सहभागी हुन महरा पाकिस्तान जान लागेका हुन् ।

Krishna bahadur mahara 133184616

अर्थमन्त्री महरा आज साँझ पाकिस्तानको राजधानी इस्लामाबादका लागि प्रस्थान गर्नेछन् । महरासँग परराष्ट्रको सार्क डिभिजन हेर्ने सहसचिव मणी भट्टराई र अर्थमन्त्रालयका अन्तराष्ट्रिय महाशाखा प्रमुख वैकुण्ठ अर्याल पनि पाकिस्तान जाने छन् ।

अन्ततः टुंगिए कांग्रेसका मन्त्री, भोलि सपथ (विवरण सहित)

महरा गत साता मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विशेष दुतकोरुपमा चीन पुगेर फर्किएका थिए । चीन भ्रमणका क्रममा अर्थमन्त्री महराले चिनियाँ राष्ट्रपति सि जिन पिङ, प्रधानमन्त्री खछयाङ लगायतसँग उच्चस्तरीय भेटवार्ता गरेका थिए।