११ चैत, एजेन्सी ।

भारतसँग १ रनले पराजित भएर टी-२० विश्वकप प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको बंगलादेशका कप्तान मशरफी मुर्तजाले आफ्नो टिम अन्तिम ३ बलमा खेल हार्न बाध्य भएको बताएका छन् ।

‘अन्तिम ३ बलले हामीलाई हरायो’ मुर्तजाले आँशु खसाल्न खोज्दै पोष्ट म्याच प्रिजेन्टेसनमा भने । भारतले दिएको १४७ रनको लक्ष्य पच्छाउने क्रममा बंगलादेश केवल १ रनका कारण भारतसँग पराजित भएको थियो ।

Bangladesh Cricket Captain 2 मुर्तजाले भने, ‘बलरहरुले राम्रो काम गरेका हुन्, हामी अन्तिम ३ बल सम्म म्याच जितिरहेका थियौं तर एक रन चाहिएको अवस्थामा अन्तिम ३ बल नै हामीलाई हराउने कारण बन्यो’ ।

धोनीले अन्तिम ओभरमा भनेका थिए- भुलेर पनि…

बंगलादेशले २ रन आवश्यक रहेको अवस्थामा अन्तिम ३ बलमा तीन विकेट गुमाएको थियो ।

यसरी समिफाइनलमा पुग्न सक्छ पाकिस्तान

नाङ्गिने घोषणा गरेकी पाकिस्तानी मोडलले गरिन् बिराटलाई प्रेम प्रस्ताव

बंगलादेशी खेलाडीले अन्तिम ओभरमा ४ चौका हानेपछि भारत हार्ने लगभग निश्चित थियो । आफूले योर्कर नहान्न सुझाव दिएको कुरा पोष्ट म्याच प्रिजेन्टेसनमा भारतीय कप्तान महेन्द्र सिंह धोनीले खुलाएका थिए ।