२२ साउन, दाङ । अपहरणमा परेका दाङ तुल्सीपुर नगरपालिका–८ बस्ने धनिष ओलीको १० बर्षीय छोरा केशव ओली र सोही ठाँउ बस्ने शशिधर भण्डारीको १० बर्षीय छोरा सुलभ भण्डारीको प्रहरीले सकुशल उद्धार गरेको छ ।

उनीहरुलाई हिजो स्कुल छुट्टी भएपछि शान्तिदीप बोर्डिङ स्कुलको गेटबाट अपरिचित २ जना व्यक्तिहरुले खानेकुरा र पैसा दिई ललाई फकाई मोटरसाइकलमा राखी लगेका थिए । अपहरणको खबर प्राप्त हुनासाथ खोजतलासमा खटिएको प्रहरी टोलीले आज दिउँसो २ बजे दुवै बालकलाई मानपुर गाविस–९ पत्रेखोलाबाट सकुशल उद्धार गरेको थियो ।

उक्त घटनाको अनुसन्धानको लागि तुल्सीपुर –८ बस्ने २१ बर्षीय इन्द्र वि.क. र २ जना महिलालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।