१६ पुस, पोखरा।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अप्ठ्यारो परिस्थितीलाई बुझेरै आफु प्रधानमन्त्री भएको बताएका छन्।

फाइल तस्बिर

फाइल तस्बिर

सामुहिक तमू च्ह्य ल्होसार/ल्होछार मुल समारोह आयोजक समितिले पोखराको नयाँ बजारस्थित प्रदर्शन केन्द्रमा आयोजना गरेको सामुहिक तमू च्ह्य ल्होसार/ल्होछार कार्यक्रमको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आफुले हिमाल, पहाड र मधेसका सबै जातजाति र भाषाभाषिको पहिचान र अधिकारको निम्ति संघर्षको नेतृत्व गरेको नाताले राष्ट्र एकताबद्ध गर्नसक्छु कि भनेर प्रचण्डले जिम्मेवारी स्वीकार गरेर बताए ।

प्रचण्डले मुलुकमा राष्ट्रिय एकता कायम हुन्छ अनि संविधान पनि कार्यान्व्यन हुन्छ भन्ने विश्वास व्यक्त गरे। उनले भने, ‘यो हाम्रो सुन्दर देश अब आर्थिक सम्बृद्धि तिर जाने र समाधान निर्माण तिर लाग्नु पर्छ। आफ्नो कोशिश पनि यही भएकोले सबैको माया र सहयोगको आवश्यक्ता रहेको छ।’

प्रचण्डले तमू समुदाय र गुरुङ समुदायको भुमिका नेपालको इतिहासमा धेरै ठुलो रहेको बताए ।

तीन घण्टाको लागि मात्र पोखरा पुगेका प्रधानमन्त्री प्रचण्ड सम्बोधन पश्चात काठमाडौ फर्केका छन्।