१६ पुस, काठमाडौं । काठमाडौंका विभिन्न ठाउँबाट लाइसेन्स वितरणको योजना बनाएको सरकारले भोलीदेखि काठमाडौंको ठूलोर्भयाङबाट पनि लाइसेन्स वितरणको काम सुरु गर्ने भएको छ ।

मौसममा अचानक बद्ली, काठमाडौंमा हल्का पानी पर्यो

स्वयम्भुको ठूलोर्भयाङमा भोली भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले नयाँ कार्यालय उद्घाटन गर्ने कार्यक्रम रहेको छ । कार्यालय खुलेपछि यातायात ब्यवस्था कार्यालय एकान्तकुनामा लाग्ने भीड घट्ने दाबी गरिएको छ ।

पुस २७ गते भक्तपुरको सल्लाघारी र काठमाडौंको चाबहिलमा पनि लाइसेन्स वितरण गन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।