२ असोज, एजेन्सी । पूर्वी अफगानिस्तानको नंगरहार प्रान्तमा बुधबार राति भएको ड्रोन आक्रमणमा कम्तिमा नौ जना नागरिकको मृत्यु भएको छ ।

स्थानीय अधिकारीहरुका अनुसार अन्य ६ जना घाइते भएका छन् । मृत्यु र घाइते हुने सबै सर्वसाधारण रहेको उनीहरुको भनाइ छ । स्थानीय प्रहरी प्रवक्ताका अनुसार इस्लामिक स्टेटका लडाकुहरुलाई निशाना बनाएर गरिएको थियो । तर गल्तीका कारण स्थानीयको ज्यान गएको उनको भनाइ छ ।