२२ साउन, एजेन्सी । गुनरातको बडोदराको ट्राफिक प्रहरीले शहरबासीको लागि एउटा अचम्मको नियम लिएर आएको छ । त्यहाँको ट्राफिका प्रहरीले १५ अगस्टसम्म ट्राफिक नियमको पालना नगरेपनि जरिवाना नगर्ने भएको छ ।

प्रहरीले बाढीले आक्रान्त बनेका शहरबासीलाई राहतको लागि पनि यस्तो् निर्णय लिएको हो । केहीदिन अघि मात्र त्यहाँ २१ इन्चसम्म पानी जमेको थियो । मानवीय आधारलाई हेरेर आफूहरुले यस्तो निर्णय लिनुपरेको स्थानीय ट्राफिक प्रहरी प्रवक्ताले जनाएका छन् ।

त्यहाँको बडोदार शहरमा आएको बाढीले ७ हजार कार र ५० हजारभन्दा बढी मोटरसाइकलहरु डुबेका थिए । ती सबै सवारीसाधनलाई बनाएर पुन सञ्चालनमा ल्याउनको लागि २३ करोडभन्दा बढी रकम लाग्ने त्यहाँको सरकारी निकायको अनुमान छ ।