१९ मंसिर, काठमाडौं ।

मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव र उनकै पार्टीका एक नेताबीच एक अर्कालाई सनकी पुष्टी गर्ने प्रतिस्पर्धा देखिएको छ ।

अति भएपछि प्रचण्डले ओलीलाई दिए स्वीकार गर्नै नसक्ने च्यालेञ्ज

संघीय समाजवादी फोरमका सांसद अभिषेक प्रताप साहले आफूलाई सनकी भन्ने अध्यक्ष यादव नै सनकी भएको प्रतिक्रिया फेसबुकमा दिएका छन् ।

एक टेलिभिजनमा बोल्दै उपेन्द्र यादवले आफ्नै पार्टीका सांसद साहलाई सनकी भन्दै कारवाही गर्ने बताएका थिए ।

पुनः दानापानी बन्द गरेर मधेशलाई अलग राज्य बनाउनु पर्ने भन्दै फेसबुकमा स्ट्याटस लेखेपछि चर्चामा रहेका साहलाई उपेन्द्रले सनकी भनेपछि उनीहरुबीच जुहारी चलेको हो ।

चुनावलाई लक्षित गर्दै माओवादीको निर्णय

उपेन्द्रले टेलिभिजनबाट आफूलाई सनकी भनेपछि अभिषेकले अर्को स्ट्याटस लेख्दै उपेन्द्र पनि संविधान च्यात्ने सनकी नै भएको बताएका हुन् ।