१९ मंसिर, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयको लाजिम्पाटमा सम्पन्न बैठकमा पार्टीको संगठनात्मक विषयमा छलफल भएको छ ।

अति भएपछि ओलीलाई प्रचण्डले दिए स्वीकार गर्नै नसक्ने च्यालेञ्ज

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकमा पार्टी पोलिट्ब्यूरोमा थप, आगामी स्थानीय तहको निर्वाचन लक्षित संगठनात्मक कार्ययोजना लगायतका विषयमा छलफल भएको थियो ।

maoist meeting at balutawar

फाइल तस्विर

बैठकका निर्णयबारे जानकारी दिँदै माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले भनिन्, ‘आजको बैठक राजनीतिक विषयमा प्रवेश गरेन, पार्टीको आन्तरिक संगठनात्मक विषयमा बैठक केन्द्रित रह्यो ।

भारतीय राजदूत रेको कसरतपछि प्रचण्ड आश्वस्त

पोलिट्ब्यरो संख्या र आगामी कार्ययोजनाबारे बैठकमा छलफल गरियो । अन्तिम निर्णय दिउँसो बस्ने पोलिट्ब्यूरो बैठकले गर्नेछ ।’

पोलिट्ब्यूरो बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने पनि प्रवक्ता भुसालले जानकारी दिइन् ।