अमेरिकाकी पहिलो सुपर-मोडलको नाम हो एवलिन नेसबिट जो सन् १८८४ मा टारेन्टम, फिलाडेफियामा जन्मेकी थिइन्। २० औ शताब्दीकी सबैभन्दा चर्चित मोडल हुन एवलिन, जुन समयमा फेसन फोटोग्राफि विज्ञापनको आधारको रुपमा विकास हुदै थियो।

चर्चित पत्रपत्रिका को साथै बिभिन्न क्यालेण्डरका पानामा आफ्नो तस्बिर सजाएकि एवलिन जब आफ्नो पुर्व प्रेमीको हत्याको मुद्धामा मुछिएपछि झनै चर्चित भइन।

सन् १९०० मा नेसबिट आफ्नो मोडलिङ करिअर पछ्याउन परिवार सहित न्युयोर्कमा बस्न पुगिन। जेम्स क्यारोल बेकविथले उनीलाइ म्यानह्याटनका चर्चित कलाकार तथा चित्रकारहरुसंग चिनजान गराइदिए। अनि चाडै नै उनको माग बढ्न थाल्यो।

Americas supermodel EvelynNesbit (3)

चर्चित पत्रपत्रिका तथा म्यागजिनका कभर तस्बिरमा सजिन थालिन नेसबिट। भ्यानिटि फेयर, हार्पर बाजार तथा लेडिज होम जोर्नलका कभर तस्बिरले उनको माग अझै बढायो।

सन् १९०५ मा लखपति ह्यारी के थ् संग विवाह गरिन उनले। यसको एक बर्ष पछि सन् १९०६ जुन २५ मा उनको पतिले उनलाइ एउटा कार्यक्रम देखाउन लगे। नेसबिटका पुराना प्रेमी स्टानफोर्ड ह्वाइट पनि उक्त कार्यक्रममा उपस्थित थिए। नेसबिटका पति ह्यारी, स्टानफोर्ड ह्वाइट को नजिक पुगे, पेस्तोल निकाले अनि ३ गोली फायर गरे। दुइ अनुहारमा र एक कुममा गोली लागेपछि नेसबिटका पुर्व प्रेमीको ज्यान गयो।

Americas supermodel EvelynNesbit (2)

तीन महिलाको ट्रायल पछि नेसबिट भने जेल जीवनबाट बचिन। ह्यारी भने द्रोस्रो पटकको अदालतको ट्रायलपछि आफुलाइ पागल बनाएर हत्यामा निर्दोष सावित गरि ८ बर्ष पर्नस्थापना गृहमा बिताए।

नेसबिटको पहिलो डेब्यु फिल्म १९९४ को ‘थ्रेडस् अफ डेस्टिनी’ थियो। नेसबिटको मृत्यु भने १९६७ मा भयो।

हेर्नुहोस् अमेरिकाकी पहिलो सुपर मोडलका तस्बिरहरु…

Americas supermodel EvelynNesbit (8)Americas supermodel EvelynNesbit (9) Americas supermodel EvelynNesbit (10) Americas supermodel EvelynNesbit (11)Americas supermodel EvelynNesbit (12)Americas supermodel EvelynNesbit (1)Americas supermodel EvelynNesbit (4) Americas supermodel EvelynNesbit (5) Americas supermodel EvelynNesbit (6) Americas supermodel EvelynNesbit (7)