चिली र अर्जेन्टिना जोड्ने सडकखण्ड लस काराकोल्स भन्ने ठाँउमा पर्दँछ। पहाडको बिच सुन्दर घुम्ती नै घुम्ती भएको यो बाटोलाइ ‘हेयर पिन बेन्ड हाइवे’ भनिन्छ। १० हजार ४१९ फिटको उचाइमा भएको यो सडकखण्ड बरफ पर्नाले ६ महिना त बन्द नै हुन्छ। २५ किलोमिटर सम्मको लामो खण्डमा सुरक्षाको लागि कतै बार छैन।
चिली र अर्जेन्टिनाको करिब ८००० किलोमिटर बोर्डर साझा छ। धेरैजसो सडक एन्डिज पर्वत श्रिङ्खलाको माथीबाट जान्छ। यी दुइ देशको बीच ४० ठाँउमा क्रसिङ बनाइएको छ। यी सडकहरु मध्ये यो लस काराकोल्सको बाटो नै सबैभन्दा अनौठो मानिन्छ।
केहि अध्ययन अनुसार यो सडकलाइ दुनियाको सबैभन्दा खतरनाक सडकको रुपमा पनि लिइन्छ। तर यो सडकमा दिनहुँ ठुलो सङ्ख्यामा सवारी साधन कुद्छन्, चिलीको राजधानी सान्तियागो र अर्जेन्टिनाको मेंडोजाको जोड्ने यो नै प्रमुख सडक हो।
यस्तो छ हेयर पिन बेन्ड हाइवे..