१५ चैत, काठमाडौं ।

दलहरुबीच सहमति जुटन नसकेपछि सहमति निर्माणको लागि भन्दै एमाओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले आज राजधानीमा लाठी जुलुस प्रदर्शन गरेको छ । जुलुस सुरु हुनु अघि मोर्चाका कार्यकर्ता र प्रहरीबीच सामान्य झडप भएपनि ठूलो झगडा विना नै लाठी जुलुस अगाडि बढेको थियो ।

morcha lathi julus 3

morcha lathi julus 1 morcha lathi julus 2
morcha lathi julus
तर सैनिक मञ्च टुंडीखेल निर पुग्दा भने प्रदर्शनकारी र प्रहरीबीच भिडन्त भयो ।

मोर्चाको कार्यक्रमलाई लक्षित गर्दै यस अघि गृह मन्त्रालयले लाठी जुलुस, आम हडताल लगायतको कार्यक्रम नगर्ने आग्रह गरेको थियो । लाठी जुलुसलाई मध्यनजर गदै गृह मन्त्रालयले भृकुटीमण्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । भृकुडीमण्डपबाट सुरु भएको लाठी जुलुस सुन्धारा, जमल हुँदै पुनः भृकुडीमण्डपमा आएर कोण सभामा परिणत हुने वाइसीयलका कार्यबाहक अध्यक्ष आरसी शर्माले जानकारी दिए ।