एजेन्सी । शक्तिशाली आँधी म्याथ्यूको सम्भावित खतरालाई ध्यानमा राखी अमेरिकाले आफ्ना नागरिकलाई सचेत गराएको छ ।

२० लाख मानिसलाई घर छोडेर सुरिक्षत ठाउँमा जान आग्रह गरिएको छ । फ्लोरिडा, साउथ क्यारोलिना र जर्जिया राज्य प्रशासनले आँधीको सम्भावित मार्गमा बसोबास गर्ने बासिन्दालाई घरमा नबस्न भनेको सिएनएनले जनाएको छ ।

florida-hurricane-1

क्यारेबियन देशहरुमा आँधीका कारण १५ जनाको ज्यान लिईसकेको म्याथ्यू आँधी फ्लोरिडाको वेष्ट पाम बिचको ५ सय २५ किलोमिटर नजिक पुगिसकेपछि उच्च सतर्कता अपनाईएको छ । फ्लोरिडाका गर्भनर रिक स्कटले १५ लाख बासिन्दालाई घर छोड्न तयार रहन वा सम्भव भए सुरक्षित ठाउँमा जान भनिएको बताए ।

पाकिस्तानी प्रधानमन्त्रीले सेनालाई भने- आतंकबादी विरुद्ध कारवाही गर

उनले १ हजार ५ सय नेशनल गार्डलाई तयारी अवस्थामा राखिएको पनि बताए । साउथ क्यारोलिनाको तटीय क्षेत्रबाट २ लाख ५० हजार जनालाई सुरक्षित ठाउँमा सारिएको र बाँकी २ लाख जनाले आज घर छोड्ने स्थानीय प्रशासनले जनाएको छ ।

यस्तै जर्जियाका तटीय क्षेत्रका ३० काउन्टीमा आपत्कालिन स्थिती घोषणा गरिएको छ । राष्ट्रपति बाराक ओबामाले आँधीको बाटोमा पर्न सक्ने बासिन्दालाई सचेत रहन र प्रशासनका हरेक निर्देशन मान्न आग्रह गरेका छन् ।