२० असोज, एजेन्सी ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरीफले आतंकबादी विरुद्ध आक्रामक कदम चाल्न सेनालाई निर्देशन दिएका छन् ।

भारतको आकाशमा यस्तो देखिएपछि आतंकः मानिसहरु भागाभाग

आतंकबादीलाई सखाप नपारे पाकिस्तान दुनियाँबाट अलगिन सक्ने भन्दै प्रधानमन्त्री शरीफले तत्काल आतंकबादी विरुद्धको कारवाही अघि बढाउन निर्देशन दिएको सञ्चार माध्यमले जनाएका छन् ।

pakistan army chief

पाकिस्तान सरकारले आतंकबादी गुटमाथि सैनिक कारावाहीमा कुनै लापरवाही गर्न नहुने पनि सेनालाई चेतावनी दिएको छ ।

विश्वका कुन देशका राष्ट्राध्यक्षले खान्छन् सबैभन्दा बढी तलव? ११ राष्ट्राध्यक्षको तलव यस्तो

पाकिस्तानी अखबार डनका अनुसार प्रधानमन्त्री नवाज शरीफले सेनालाई आतंकबादीविरुद्धको कारवाही तत्काल सुचारु गर्न निर्देशन दिएका छन् । सैन्य कारवाही र गुप्तचर सूचनामा हुने कुनै पनि लापरवाही स्वीकार्य नहुने भन्दै उनले सेनालाई सचेत गराएका छन् ।

Pakistani Army Chief

पटक पटक सैनिक विद्रोहको इतिहास रहेको पाकिस्तानमा सेना र सरकारबीच तनाव रहँदै आएको छ । यस अघि पनि हाल प्रधानमन्त्री रहेका नजाव शर्रीफलाई सैनिक जनरल परवेज मुशर्रफले सैनिक कूमार्फत सत्त्ताच्युत गरेका थिए ।

केही दिन अघि मात्र पाकिस्तानको प्रतिपक्षी दलका नेता इमरान खानले इमरानले पाकिस्तानी सेना प्रमुखले यतिबेला सारा देशको प्रतिनिधित्व गरिरहेको पनि बताएका  थिए ।

पाकिस्तानको तहरीक-ए-इन्साफका प्रमुख समेत रहेका इमरानले प्रधानमन्त्री नवाज शरीफको शासन विफल भएको र अहिले देशको प्रतिनिधित्व सेनाले गरिरहेको बताएका हुन् ।

प्रत्यक्षदर्शीले भने- विहान ४-५ बजे सेनाले ट्रक भरी लाश लिएर गए

पाकिस्तानको प्रतिपक्षी दलले सरकारलाई भन्दा पनि आफ्नो समर्थन सेनालाई रहने संकेत गरेको छ । यस अघी पाकिस्तानमा धेरै पटक सैनिक विद्रोह भएको छ । विपक्षी दलको भनाइले सत्तारुढ दल ससंकित भएको बताइएको छ ।

केही समय अघि मात्र पाकिस्तानका सेना प्रमुख जनरल राहिल शरीफले भारतप्रति लक्षित भाषामा युद्धको धम्की नदिन सचेत गराउँदै युद्ध भए युद्ध शुरु गर्ने देशले सहनै नसक्ने क्षती ब्यहोर्ने चेतावनी दिएका थिए ।