२७ चैत, एजेन्सी।

उत्तर कोरियाको निरन्तर धम्की, रुसको आक्रमक रणनीति र चीनसँगको बढ्दो दुरीका बीच अमेरिकाले आफ्नो नौसेनामा अत्याधुनिक युद्धपोत भित्र्याएको छ।us navy aircraft carrier 21784616

अहिलेसम्मकै सबैभन्दा महंगो युद्धपोत भनिएको यो एयरक्राफ्ट क्यारिअरको कुल लागत १२.९ बिलियन डलर छ। युद्धपोत आउदो सेप्टेम्बरबाट अमेरिकी नौसेनाले प्रयोगमा ल्याउने नौसेनाका अधिकारीहरुले बताएका छन्।

१००,००० टन तौलको १,१०० फिट लम्बाई भएको यो एयरक्राफ्ट क्यारियर माथीबाट उडान तथा युद्धक विमान अवतरण गर्न सकिन्छ।

जुलाईमा यसको समुन्द्री परिक्षण पश्चात अमेरिकी नौसेनालाई हस्तान्तरण गरिनेछ।

‘द फोर्ड’ नाम दिइएको यो युद्धपोतको नाम अमेरिकाका ३८ औँ राष्ट्रपतिको नाम बाट राखिएको हो। साथै यहि क्षमताको अर्को युद्धपोतको काम १८ प्रतिशत सकिएको र सन् २०२० मा परिक्षणको लागि तयार हुने समेत बताइएको छ। साथै अमेरिकाले यस्तै शक्तिशाली अर्को युद्धपोत सन् २०१८ बाट बनाउन सुरु गर्ने बताएको छ।

यो पनि पढ्नुस्।

उत्तर कोरियाद्वारा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको इन्जिन परिक्षण

सिरियामा रसियाले प्रयोग गरेका ५ घातक हतियार

भारतसंग भएको ५ घातक तथा प्रभावशाली हतियार

उत्तर कोरिया र दक्षिण कोरियामा कुन बढी शक्तिशाली?