४ भदौ, काठमाडौं । हास्यकलाकार जितु नेपाल ‘मुन्द्रे’ अमेरिका गएका छन् । त्यहाँका विभिन्न शहरमा हुने सांस्कृतिक कार्यक्रममको लागि जितु अमेरिका गएका हुन् ।

सांस्कृतिक कार्यक्रममा जितुले स्याण्डअप कमेडी गर्नेछन् । जितु मंगलबार राति १२ बजेको फ्लाइटबाट अमेरिका उडेका हुन् । उनी १४ दिन अमेरिकाका विभिन्न शहरमा हुने कार्यक्रममा सहभागी भएर फर्कर्नेछन् ।

उनको यो दोश्रोपटकको अमेरिका भ्रमण हो । यसअघि पनि जितु सांस्कृतिक कार्यक्रममा सहभागी हुन २ वर्षअघि अमेरिका गएका थिए ।