२७ भदौ, अमेरिका । बाल्टिमोरमा एक नेपालीको सुतैकै अवस्थामा मृत्यु भएको छ । मृत्यु हुनेमा बालाजु स्थायी घर भएका ३७ वर्षीय कपिल पौडेल रहेका छन् ।

लामो समयदेखि बाल्टिमोरस्थित ओइङ्ग मिल्समा बस्दै आएका पौडेल कामबाट बुधवार बिहानै घर फर्केका थिए र दिउँसो सुतेका थिए । उनलाई ओछ्यानमै मृत भेटिएको हो ।

साथीहरूले खबर गरेपछि प्रहरीले पोष्टमार्टमका लागि उनको शव लिएर गएको थियो । पौडेलको हृदयाघातका कारण मृत्यु भएको आशंका गरिएको छ । उनको अर्को साता बाल्टिमोरमा अन्तिम संस्कार गरिने भएको छ ।