२४ माघ, एजेन्सी।
राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा प्रवेश गर्नेमाथी कडा निगरानी राख्न सीमा सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।

मुस्लिम बहुसङ्ख्यक देशबाट अमेरिका प्रवेशमा ट्रम्प प्रशासनले लगाएको प्रतिबन्धमाथी अदालतको रोक अझै जारी छ।

राष्ट्रपति ट्रम्प भन्छन्, ‘प्रतिबन्ध रोक्ने अदालतले अमेरिकाको सीमा सुरक्षा गर्न बाधा पुर्याइरहेको छ।’

ट्रम्पले प्रवेश प्रतिबन्धको विरुद्ध फैसला सुनाउने न्यायाधिस माथी देशमा संकट निम्त्याएको आरोप लगाएका छन्।

ट्रम्पले भने, ‘यदि केही भएमा न्यायाधिस र अदालत प्रणालीलाई दोषी ठहर्याइनेछ।’

अमेरिकाको एक फेडेरल अदालतले प्रवेश प्रतिबन्ध तत्काल लागु नगर्न फैसला गरेको थियो। अमेरिकी न्याय विभागसंग अदालतलाई यसबारेमा स्पष्टिकरण दिने सोमबार बेलुकीसम्म समय छ।