२४ माघ, काठमाडौं ।

प्रमुख प्रतिपक्षी एमालेले सरकारद्वारा प्रस्तावित विदेश नीति कार्यदलमा बस्न अस्वीकार गरेको छ । भारततर्फ ढल्किएर सरकारले पञ्चशीलको सन्तुलित परराष्ट्र नीति खल्बल्याएको भन्दै एमालेले कार्यदलमा बस्न अस्वीकार गरेको हो ।

सबै पार्टीका प्रतिनिधि समेटेर सरकारले एक महिनाअघि कार्यदल गठनका लागि प्रक्रिया अघि बढाउन खोजेको थियो । अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार लम्पसारवादको उत्पादन भएकाले एमालेले कार्यदलमा बस्न अस्वीकार गरेको बताए । एमालेको अस्वीकारसँगै विदेश नीति तयार गर्न परराष्ट्र मन्त्रालयद्वारा प्रस्तावित कार्यदल गठन अलपत्र परेको छ ।

फाइल तस्बिर

‘यो सरकार लम्पसारवादको प्रोडक्ट हो, यस्तो सरकारले साझा विदेश नीति तयार गर्नका लागि प्रतिनिधि पठाइदिनुप-यो भन्दै खबर पठाएको थियो,’ आइतबार आयोजित एक कार्यक्रममा ओलीले भने, ‘जुन सरकारले विदेश नीति के हो भन्ने थाहा पाउँदैन, त्यस्तो सरकारसँग बसेर के साझा नीति बनाउने ठानेर तिमी लायक छैनौ भन्ने जवाफ फर्कायौँ ।’

सरकार विदेश नीति बनाउन लायक छैनः ओली
यो सरकार लम्पसारवादको उत्पादन हो । केही समयअघि साझा विदेश नीति तय गर्न एमालेले पनि प्रतिनिधि पठाइदिनुप-यो भन्दै सरकारले खबर पठायो । जसले विदेश नीति के हो भन्ने बुझ्दैन, साझा नीति के हो भन्ने थाहा छैन, राष्ट्रिय हित बिर्सिएर लम्पसार पर्छ । त्यस्तासामु बसेर केको साझा नीति बनाउनु ? हामीले जवाफ दियौँ– तिमी विदेश नीति बनाउन लायक छैनौ, त्यसैले प्रतिनिधि पठाउँदैनौँ । आजको नयाँ पत्रिकामा खबर छ ।