हेडलाइन्स फिचर ।

८ कात्तिक, इन्टरनेशनल डेष्क ।

आगामी महिना अमेरिकामा राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । संसारकै शक्तिशाली मुलुकको शक्तिशाली पदका लागि हुन गइरहेको निर्वाचनमा स्वभाविकरुपमा संसारकै आँखा सोझिएका छन् ।

यी हुन् कैदीलाई डरलाग्दा यातना दिइने संसारका देश (आङ सिरिङ्ग हुने फिचर)

संसारभरका शायद कुनै देश छैनन् जुन देशको पत्रपत्रिकाले अमेरिकी चुनावको समाचार प्रकाशित नगरेको होस् । यस्तो समाचारमा आउने कतिपय शब्द तपाईले नबुझेर अलमलिनु भएको हुनसक्छ । यहाँ केही त्यस्तै शब्दलाई अथ्र्याउने प्रयास गरिएको छ ।

obama mosque

१) व्यालेसिंग द टिकट (उम्मेदवारको तालमेल)– अमेरिकामा राष्ट्रपति पदका उम्मेदवारले आफ्नो ‘रनिङ मेट’ अर्थात उपराष्ट्रपतिको उम्मेदवार आफै तय गर्दछन् । दुवैको निर्वाचनसंगै हुने गरेको छ ।

राष्ट्रपतिको उम्मेदवारले आफ्नो ‘रनिङ मेट’ छनौट गर्दा त्यस्ता व्यक्ति छनौट गर्दछन् जसले आफ्नो कमी पुुरा गर्न सकोस । उदाहरणका लागि राष्ट्रपति वाराक ओवामाले आफ्नो ‘रनिङ मेट’ जोसेफ आइडेनलाई छाने । आफू युवा भएकाले प्रौढहरूको उमेर र भावनाको कमी पुरा गर्न उनले उपराष्ट्रपतिमा जासेफलाई छाने ।

२) वेटलग्राउण्ड स्टेट (निर्णायक भूमिका निभाउने राज्य) – अमेरिका ५० राज्यहरूबाट बनेको देश हो । यहाँ राष्ट्रपति निर्वाचनमा प्रायः डेमोक्र्याटस् र रिपब्लिकन गरी यी दुई पार्टीवीच नै प्रतिष्पर्धा हुने गरेको छ । तर, कतिपय यस्ता राज्य छन्, जो निर्वाचनको अन्तिमसम्म कता लाग्ने भनेर खुल्दैनन् । यसले उम्मेदवारलाई निकै हैरानी दिने गरेको छ । ऐतिहासिकरुपमा यस्ता राज्य फ्लोरिडा, ओहायो, पेंसिल्वेनियाँ राज्यको जनमत यस्तो हुने गरेको छ ।

hilari clinton

३) वेलवेदर स्टेट – यी ती राज्य हुन् जो जित्ने उम्मेदवारलाई साथ दिने गरेका छन् । यस्तो मानिन्छ की यी राज्यले पुरै देशको प्रतिनिधित्व गर्दछन् । यीनले जसलाई समर्थन गर्दछन् लगभग ती उम्मेदवारको जित हुँदै आएको छ ।

४) बेनगाँजी – यो लिबियाको एक शहर हो । यस पटकको निर्वाचनमा पटक–पटक यसको नाम लिइएको छ । सन् २०१२ मा यहाँ आइएसले आक्रमण गरेको थियो । सो आक्रमणमा अमेरिकी राजदूतसमेत ४ जना मारिएका थिए । सो समय हिलारी विदेश मन्त्री थिइन् । यही भएकाले रिपब्लिकनले उनलाई यसवारे दोष थापर्ने गरेका छन् ।

५) विल अफ राइट्स् – यो अमेरिकी नागरिकले पाउने अधिकारसंग जोडिएको छ । अमेरिकी संविधानमा भएको १० पटकको संशोधनले नागरिकलाई केही आधारभूत अधिकार दिइएको छ । यी अधिकारले तीनैलाई सम्वोधन गर्दछन् ।

U.S. Republican presidential candidate Donald Trump speaks to supporters at an event at the Myrtle Beach Convention Center in Myrtle Beach

६) ब्लू स्टेट – यो अमेरिकाको त्यो राज्य हो जसले डेमोक्र्याट्स उम्मेदवारलाई भोट दिंदै आएका छन् ।

७) क्यापिटल – अमेरिकी संसद्लाई क्यापिटल पनि भनिन्छ । यो दुई सदन मिलेर बनेको हुन्छ । तल्लो सदनलाई हाउस अफ रिप्रजेन्टेटिभ र माथिल्लो सदनलाई सिनेट भनिन्छ ।

८) ककस – यो पार्टीभित्रका कार्यकर्ता र समर्थकको यस्तो बैठक हो, जसले पार्टीभित्रबाट राष्ट्रपतिको उम्मेदवारमध्ये कसलाई समर्थन गर्ने भन्ने भन्ने तय गर्दछ ।

९) डेलिगेट्स – यो डेमोक्र्याट्स र रिपब्लिकन पार्टीका ती सदस्य हुन जसले राष्ट्रपति उम्मेदवारको छनौट गर्दछन् ।

१०) ग्राण्ड ओल्ड पार्टी (जिओपी) – अमेरिकामा आमरुपमा रिपब्लिकन पार्टीलाई जिओपी अर्थात ग्राण्ड ओल्ड पार्टी मानिन्छ ।

रुसले यो शहरमा लुकाएको थियो अमेरिका ध्वस्त पार्ने हतियार (फिचर)

११) हार्ड मनी – जब कोही व्यक्तिले कुनै खास प्रचारका लागि सिधै रकमको सहयोग गर्दछन् भने त्यसलाई हार्ड मनी भनिन्छ ।

१२) द हाउस अफ रिप्रजेन्टेटिभ – यो अमेरिकी संसद्को तल्लो सदन हो । यसमा सिनेटभन्दा बढी सदस्य संख्या हुन्छ ।

१३) लिवरटेरियन – यी ती व्यक्तिहरू हुन जो सरकारले कमसे कम ‘कर’ लगाओस्, सरकारको आकार सानो होस्, त्यसले जनताको जीवनमा हस्तक्षेप नगरोस् भन्ने चाहन्छन् । मान्छेको व्यत्तिलगत स्वतन्त्रताका पक्षधरहरू हुन् । यस्ताले प्रायः रिपब्लिकनलाई भोट दिने गरेका छन् ।

१४) लाविइस्ट – यी त्यस्ता व्यक्ति हुन् जो पैसा खर्च गरेर खास उदेश्य, कंपनी, सरकार वा देशसंग अमेरिकी संसद् वा सरकारको संवन्ध राम्रो बनाउन चाहन्छन् । कतिपय देशले पैसा दिएर खास उम्मेदवारको प्रचार गराउने गरेका छन् ।

१५) ओभल अफिस – व्हाइट हाउसको पश्चिम क्षेत्रमा यो कार्यालय छ । यो अमेरिकी राष्ट्रपतिको कार्यालय हो । यसको आडैमा अमेरिकी राष्ट्रपतिको अध्ययन् कक्ष पनि हुन्छ ।

us-election-2016

१६) प्रो च्वाइस – यी त्यस्ता व्यक्ति हुन जो गर्भपतनको मामलामा महिला स्वतन्त्रताको वकालत गर्दछन् । गर्भ राख्ने वा नराख्ने महिलाको अधिकार र स्वतन्त्रता हो भन्ने धारणा राख्नेलाई प्रो च्वाइस भन्ने गरिएको छ ।

१७) प्रो लाइफ – यी त्यस्ता व्यक्ति हुन् जो महिलालाई गर्भपतनको स्वतन्त्रता दिनु हुँदैन भन्ने धारणा राख्दछन् ।

१८) पर्पल स्टेट – यसलाई स्विंङ स्टेट पनि भनिन्छ । यस्तो राज्य जो जुनसुकै पार्टीलाई पनि भोट दिन सक्छन् । रिपब्लिकन वा डेमोक्र्याट्स जसलाई पनि भोट दिन सक्ने अनिश्चित राज्यलाई पर्पल स्टेट भनिन्छ ।

१९) रनिङ मेट – राष्ट्रपति उम्मेदवारले आफूसंगै चुनाव लडने गरी छनौट गरेको उपराष्ट्रपतिको उम्मेदवारलाई रनिङ मेट भनिन्छ ।

२०) सेकेण्ड अमेण्डमेण्ट (दोश्रो संविधान संशोधन) – अमेरिकी संविधानमा १७९१ मा दोश्रो संशोधन भयो । यो संशोधनले हरेक अमेरिकी नागरिकलाई हतियार राख्ने स्वतन्त्रता दियो । यो संशोधनले कुनै पनि अमेरिकी नागरिकलाई हतियार राख्न रोक्नु भनेको उसको स्वतन्त्रतामा हस्तक्षेप मानेको छ ।

२१) सिनेट म्याजोरेटी लिडर – अमेरिकी संसद्को माथिल्लो सदन सिनेटमा बहुमत प्राप्त दलका नेतालाई सिनेट म्याजोरेटी लिडर भनिन्छ ।

२२) सिनेट माइनेरेटी लिडर – सिनेटमा कम सदस्य संख्या भएका दलका नेतालाई सिनेट माइनेरेटी लिडर भनिन्छ ।

२३) सिनेटर – अमेरिकी सिनेटका सदस्यलाई सिनेटर भनिन्छ । हरेक राज्यबाट दुईजना सिनेटर चुनिन्छन् । कार्यकालको हिसावले उनीहरूलाई जुनियर सिनेटर र सिनियर सिनेटर भनिन्छ ।

२४) सुपर ट्युजडे – अमेरिकी राष्ट्रपति चुनावको यो त्यो दिन हो जुन दिन राज्यहरूले राष्ट्रपति उम्मेदवार छनौटका लागि पहिलो राउण्डको भोटिङ गर्दछन् । आमरुपमा यो निर्वाचन हुने वार्षको मार्च वा फेब्रुअरी महिनामा हुने गरेको छ

२५) स्विंग स्टेट– यो त्यस्ता राज्य हुन्, जो रिपब्लिकन र डेमोक्र्याट्स दुवै पार्टीलाई वरावरी भोट हाल्दछन् ।

२६) टी पार्टी – यो अमेरिकी राष्ट्रपति वाराक ओवामाकोविरुद्ध सुरु भएको अभियान हो । ओवामाले बहुराष्ट्रिय कंपनी र धनीहरूलाई बढी कर लगाएकाले त्यसकोविरुद्ध सुरु भएको हो ।

२७) थर्ड पार्टी कैण्डिडेट – अमेरिकी राष्ट्रपति निर्वाचनमा त्यस्ता उम्मेदवार पनि हुन्छन्, जुन् रिपब्लिकन र डेमोक्र्याट्स दुवैसंग संम्वन्धित हुदैनन् ।

२८) ट्रम्प युनिभर्सिटी – रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले अन्य दुईजनासंग मिलेर यो युनिभर्सिटी खोलेका छन् । यसमा रियल स्टेट र जग्गा जमिन कारोवारवारे अध्ययन् गरिन्थ्यो ।

ट्रम्पले एक रातका लागि १० हजार डलर अफर गरेका थिए- पोर्न स्टार