७ कात्तिक, एजेन्सी ।

एक पोर्नस्टारले अमेरिकी राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीबाट उम्मेदवार रहेका डोनालण्ड ट्रम्पमाथि आफूसँग रात विताउन १० हजार डलरको अपर गरेको खुलासा गरेकी छिन् ।

महाअभियोग प्रकरणः आङकाजीले ओलीमाथि उठाए ५ भयंकर सवाल

ट्रम्पमाथिको विषयमा विभिन्न यौनिक विवाद चलिरहेको समयमा एक पोर्न स्टारले पत्रकार सम्मेलन गरेर यस्तो आरोप लगाएकी हुन् ।

trump america

पोर्नस्टार जेसिका ड्रेकले १० वर्ष अघि सन् २०१६ मा आफूलाई ट्रम्पले होटलमा रात विताउन १० हजार डलर दिने अफर गरेको बताएकी हुन् । लस एन्जेलिसमा आयोजित पत्रकार सम्मेलनमा जेसिकाले ट्रम्पले आफ्नो अनुमति विना नै चुम्बन गरेको र हात समातेर रात विताउन अफर गरेको आरोप लगाइन् ।

donald-trump-porn-star

उनले डोनाल्ड ट्रम्पसँग आफ्नो तस्विर समेत सार्वजनिक गरेकी छिन् ।

donald-trump-porn-star-1

केही दिन अघि मात्र ट्रम्पले महिलाको विषयमा सन् २००५ मा बोलेको एक भिडियो सार्वजनिक भएपछि उनी संकटमा परेका थिए । उनीमाथि ११ महिलाले यौन उत्पीडन गरेको आरोप लगाएका छन् ।

ट्रम्पले एक महिलालाई विमान भित्रै यौनहिंसा गरेको सार्वजनिक