२४ कात्तिक, काठमाडौं ।

अमेरिकामा जारी राष्ट्रपतीय निर्वाचनको सन्दर्भ पारेर नेपालका लागि अमेरिकी राजदूत अलाइना बि टेप्लिज्ले आज उहाँकै निवासमा एक समारोहको आयोजना गरेकी छिन् ।

हिलारी समर्थकको रुहावासी (फोटो फिचर)

त्यस अवसरमा उनले प्रजातन्त्रको सर्वाधिक सुन्दर पक्ष नै निर्वाचन भएकाले बितेका २०० वर्षदेखि अमेरिकामा प्रजातान्त्रिक ढङ्गले शान्तिपूर्णरुपमा सत्ता हस्तान्तरण भइरहेको बताइन् ।

donald-trump-and-hillary-261889815

समारोहमा सभामुख ओनसरी घर्तीमगर, मन्त्रिपरिषद्का सदस्यहरु, सांसदहरु, विभिन्न राजनीतिक दलका नेता, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित संयुक्त राष्ट्रसङ्घीय निकायका प्रतिनिधि, उद्योगपति, व्यापारी, वरिष्ठ सञ्चारकर्मीलगायत उपस्थित थिए ।

ट्रम्प अमेरिकी राष्ट्रपति बने नेपालीलाई के हुन्छ ?

त्यसअघि समारोहमा उपस्थित सबैले अमेरिकी निर्वाचनकै शैलीमा नमूना मतदान गरेका थिए ।

रासस

ट्रम्पले ह्वाइट हाउसमा के के गर्लान् (अनुमान फिचर)