२४ कात्तिक, काठमाडौं ।

अमेरिकामा राष्ट्रपतीय चुनावको अनपेक्षित परणाम निकाल्दै डोनाल्ड ट्रम्प त्यहाँको राष्ट्रपति बनेका छन् । राजनीतिको खासै अनुभव नभएका ब्यापारी ट्रम्प अन्ततः अमेरिकाको ४५ औं राष्ट्रपति बन्न सफल भएपछि संसार चकित परेको छ ।

अमेरिकामा अनपेक्षित परिणामः मिडिया र विश्लेषक पुरै फेल

अमेरिकामा समेत बदनाम भनेर मिडियामा मजाक बनाइएका ट्रम्पले लोकप्रिय मानिएकी हिलारीलाई हराउँदा अमेरिकी सरकारका विभिन्न नीतिमा तात्विक भिन्नता आउन सक्ने अनुमान गरिएको छ । किन भने ट्रम्प र हिलारीबीच विदेश नीति देखि अन्य कुरामा समेत भिन्नता छ ।

donald trump speaking

हिलारीले जितेको भए ओबामा प्रशासनको निरन्तरता नै हुने थियो । तर अव ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दा चीन देखि नेपाल सम्मलाई प्रभाव पर्ने छ । किन भने ट्रम्पले अमेरिकालाई आफ्नो स्थानमा फर्काउने भन्दै चीनप्रति आक्रामक देखिन्छन् । उनले चीनले अमेरिकालाई बलात्कार गरेको भन्दै आफू राष्ट्रपति बने त्यसो हुन नदिने बताउँदै आएका छन् । ट्रम्पको चीन नीतिले नेपाल समेत प्रभावित हुनेछ ।

ट्रम्पले एक रातका लागि १० हजार डलर अफर गरेका थिए- पोर्न स्टार

खासगरी आप्रबासी सम्बन्धि अनुदार नीतिका कारण अमेरिकामा रहेका, जाने तयारीमा रहेका र जान चाहने नेपालीहरु समेत प्रभावित हुनेछन् । ट्रम्पले बिना कागजात बसेका करिब एक करोड दसलाख मानिसलाई आफ्नै देश पठाउने घोषणा गरिसकेका छन् । यस मध्ये ठूलो संख्या नेपालीको पनि हुन सक्छ ।

न्यूयोर्क पोष्टले छाप्यो डोनाल्ड ट्रम्पकी पत्नीको पूर्ण नग्न तस्विर

ट्रम्पकै नीतिका कारण अमेरिकामा रहेका अधिकाँश नेपालीहरु हिलारीको पक्षमा रहेका थिए । उनको पक्षमा नेपालीहरुले ब्यापक प्रचार प्रसार गरेका थिए । तर ट्रम्प अमेरिकाको राष्ट्रपति बनेपछि धेरै नेपाली निराश भएको बताइएको छ ।