काठमाडौं ।

देशकै ठूलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसको १३ औं महाधिवेशन राजधानीमा जारी छ । काँग्रेस हाँक्नका लागि सभापतिमा ३ उम्मेदवार देखिएका छन् । कोइरालाको निधनपछि संस्थापन भनिने पक्ष विभाजित भएको छ भने देउवा आफ्नो पक्षमा एकलौटी उम्मेदवारी दिएका छन् ।

महामन्त्रीमा रोचक प्रतिष्पर्धा

नेपाली कांग्रेसको जारी महाधिवेशनमा जति रोचक सभापतिको चुनाव छ त्यति नै रोचक महामन्त्रीको प्रतिस्प्रधा पनि छ। सभापतिको चुनाव ज्यादा दुइपक्षीय हुने संभावना रहेको बताइन्छ तर महामन्त्रीमा भने भिडन्त त्रिपक्षीय नै हुने करिव निश्चित छ। सस्थापनबाट शेर बहादुर देउवा पक्षमा पुगेका अर्जुन नर्सिङ केसी, संस्थापनबाट अवसर नपाउने भएपछि कृष्ण सिटौलाको थर्ड पाटीमा पुगेका अर्जुनकै ज्वाइँ युवा नेता गगन थापा र रामचन्द्र पौडेलको प्यानलमा बिपी कोइरालाका कान्छा छोरा शंसाक कोइराला महामन्त्रीमा भिड्दैछन्।

रामचन्द्रले भने- कहिले काँहि आत्महत्या गर्न मन लाग्छ

भारतीय नेतालाई प्रचण्डको प्रश्न- हामीमाथि नाकाबन्दी किन ?

यी ३ ब्यक्तित्वको अवस्था फरक कोणबाट आफ्नै हिसावले बलियो रहेका कारण महामन्त्री कस्ले जित्छ अनुमान गर्न अत्यन्तै कठिन छ। बाहिरबाट हेर्दा तिनै प्रतिष्पर्धी बलिया देखिन्छन्।

अर्जुन नर्सिङ केसी
सुशीलको निधनसँगै सस्थापन पक्षमा महामन्त्रीको संभावना नदेखेर देउवा क्याम्पमा छिरेका केसीले महामन्त्री पद मात्र होइन संस्थापनको सभापितको उम्मेदवारलाई समेत धक्का दिने देउवा पक्षधारको स्वाभविक आशा छ । पञ्चायती राजनीति देखि कांग्रेसी अनुभवमा समेत खारिएका केसी महामन्त्रीका लागि बलिया उम्मेदवार हुन् नै ।

arjun narasiha kc

यदि देउवालाई भोट दिनेले केसीलाई दिएका खण्डमा केसीको दावेदारी कमजोर रहने छैन । देउवाको समुह सस्थापन भन्दा ज्यादा एकत्रित भएकाले पनि यस्तो संभावनालाई बल मिलेको छ । केसीले देउवा समुहको सबै भोट र स|स्थापन पक्षको पनि केही भोट चोरेर महामन्त्रीमा निर्वाचित हुने योजना बनाएको बुझ्न गाह्रो छैन् । कांग्रेसका पाका नेता केसी यसै पनि राजनीतिका चतुर खेलाडी हुन् । यद्यपी आफ्नै ज्वाइँ गगनको उम्मेदवारी र विपी कोइरालाका पुत्रको दावेदारीले अर्जुनलाई गम्भिर झट्का दिएको छ ।

गगन थापा
युवा पुस्तामाझ निकै चर्चित मानिएका युवा नेता गगन थापाले दिएको उम्मेदवारीका कारण पनि महामन्त्रीको चुनाव खासमा रोचक बन्न पुगेको हो। आफ्नै ससुराविरुद्ध चुनाव लड्न तयार भएका गगनले जित्लान कि हार्लान भन्ने विषय कांग्रेस बाहिरको पनि चासोको विषय बनेको छ ।

Gagan Thapa speech

आफ्नै ससुराले थ्रेट अनुभव गरेर सम्झाउँदा समेत नमानेका गगनले धेरैलाई चक्मा दिएका छन् । कृष्णप्रसाद सिटौला प्यानलबाट उठेका गगनमा कुनै गुटको भन्दा पनि सबैको लोकप्रिय मत हासिल गरेर महामन्त्री हुने विश्वास देखिन्छ । अघिल्लो महाधिवेशनमा उनले पाएको मतको आधारमा पनि उनको हिसावकिताबलाई नजरअन्जाद गर्न सकिन्न । गगन थापाको नाममा सस्थापन र देउवा दबै समुहका प्रतिनधीले भोट हाल्ने पर्याप्त संभावना छन् । उनको लोकप्रियताले उनकै ससुरा केसी र बिपीका छोरा शंशाक कोइरालाको दाबेदारीलाइ क्रश गर्न सक्छ कि सक्दैन् त्यो प्रतिक्षाको विषय बनेको छ । महामन्त्रीमा गगनको संभावना सभापतिमा सिटौलाको भन्दा कयौं गुना बढि भएको विश्लेषकहरुको आँकलन छ।

शंसाक कोइराला
कांग्रेस राजनीतिमा खासै नभिजेका भएपनि शंसाक कोइरला महामन्त्री रेसका दमदार प्रतिष्पर्धी हुन्। कांग्रेसमा बिपी कोइरालाको नाम कुन स्तरमा बिक्न सक्छ र बिपी कोइरालाको छोरा हुनुको अर्थ के हो भनिरहनु पर्ने कुरा होइन । राजनीतिमा एक्सपोज नहुनुको फाइदा पनि शसांकलाई मिल्न सक्दछ ।

Shanka koirala

उनको करियरमा कतै दाग छैन । उनले कांग्रेस प्रतिनिधीको एक तप्कालाई भने जबरजस्ता अपिल गर्ने निश्चित छ । त्रिपक्षीय भिडन्त भएकाले गगन थापा र अर्जुन नर्सिङ केसीको भोट बाँडिने र शसांकलाई फाइदा पुग्ने अनुमान गर्नेहरु पनि छन् । राजनीतिमा टेस्ट नभएकाले र कार्यकर्ता तहमा पनि खासै नभिजि सकेकाले बिपी कोइरालाको छोरा हुनु नै उनको जीतको ठुलो आधार हुने बताइन्छ । यद्यपी पछिल्लो पटक उनले दिएका कतिपयको बुझाइमा प्रतिगामी विचार राखेका शशांक गगनको तुलनामा भने फिक्का देखिन पनि सक्छन् ।

नेपालीसँग नाकाबन्दीका लागि क्षमा चाहन्छौं – विजय प्रताप
नीतिश कुमारको भाषणमा सबैभन्दा बढी हुटिङ
गगन थापालाई अर्जुनको सन्देशः औकात हेरेर कुरा गर