१९ फागुन, काठमाडौं ।

महाधिवेशनको मुखमा गुट परिवर्तन गर्दै देउवा पक्षको महामन्त्रीको उम्मेदवार बन्न लागेका अर्जुननरसिंह केसीले आफ्ना छोरी ज्वाइँ गगन थापालाई महामन्त्री बन्ने बेला नभएको सन्देश दिएका छन् ।

हिँजो दिउसो रिपोटर्स क्लवबाट महामन्त्रीको उम्मेदवारी घोषणा गरेका अर्जुननरसिंह केसीले विविसी नेपालीसँगको अन्तर्वार्तामा गगन अझै महामन्त्री बन्ने बेला नभएको संकेत गर्दै आफूलाई सम्झाइरहेको बताए । गगन थापा आफ्नो भविष्यको पनि भरोसा भएको भन्दै अर्जुनले पटक पटक गगन महामन्त्री बन्ने बेला नभएको बताए ।

Arjun vs Gagan

उनले आफूले सम्झउँदा नमानेर उम्मेदवारी दिए गगनसँग पनि लड्न तयार रहेको र आफू जित्नका लागि पुरै तयारीमा लागेको पनि अर्जुननर सिंह केसीले बताए ।

उनले कांग्रेसमा आफू जस्ता अनुभवी नेताहरु रहेकाले गगनको महामन्त्री बन्ने बेला नभएको संकेत पटक पटक गरे । उनले आफूले ज्वाइँकोरुपमा गगनलाई उम्मेदवारी नदिने पटक पटक सम्झाइसकेको भन्दै गगनले आफूलाई नटेरकोमा असन्तुष्टि पनि ब्यक्त गरेका छन् ।

यो पनि हेर्नुस्

ससुरासँगको भिडन्तमा गगन थापाः जित्दै कि हार्दै !

अर्जुनले रिपोर्टर्स क्लवमा भनेका थिए, ‘ मेरो ज्वाई गगन थापा वा शसांक कोइराला जो मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन यो अन्तिम निर्णय हो । अब पछि हट्ने र झुक्ने काम हुँदैन ।’ उनले थपे,‘ गगनजी जनप्रिय नेता हो, पार्टीको भविष्य हो । उहाँले यो विषयमा गंभिरतापूर्वक सोच्नु होला ।’

भनेको नमान्ने संकेत गरेपछि अर्जुनले विश्वभरी सुनिने सञ्चार माध्यमबाटै गगनलाई सम्झाएपछि कांग्रेसमा महामन्त्रीको भिडन्त रोचक हुने देखिएको छ ।

गगन थापा र कृष्ण सिटौलाको टिमले आज उम्मेदवारी घोषणा गर्दैछ ।