९ असार, काठमाडौं ।

कोपा अमेरिका सेन्टेनारियोको फाइनलमा अर्जेन्टिना र चिली भिड्ने भएका छन् । बिहीबार भएको खेलमा चिलीले कोलम्बियालाई २–० गोलले पराजित गरेपछि एकै वर्ष दुई पटक यी दुई टिमबीच कोपाको फाइननलमा प्रतिस्पर्धा हुन लागेको हो ।

सुपरस्टार मेसीले अर्जेन्टिनाका लागि गरेका ५५ गोल (भिडियो सहित)

बुधबार बिहान अर्जेन्टिना अमेरिकालाई ४–० ले पाखा लगाउँदै फाइनलमा प्रवेश गरेको थियो । यी दुवै यसपटक समूह डीबाट फाइनलमा पुग्न सफल भएका हो ।

Messi on the ground

यी दुई टिमबीच अघिल्लो वर्ष (२०१५ को ४ जुलाई) कोपा फाइनलमा भिडन्त हुँदा बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमा चिलीले ४–१ ले नतिजा आफ्नो पक्षमा पार्दै पहिलोपटक कोपा उपाधि जितको थियो । अर्जेन्टिनाको तर्फबाट लियोनेल मेसीले मात्र पेनाल्टीमा गोल गर्न गरेका थिए । कोपा सुरुवात भएको एक सय वर्ष पुगेको अवसरमा उत्तरअमेरिकी चार मुलुकसमेत सम्मिलित यो कोपामा १६ टिम सहभागी थिए ।

प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगन प्रकरणः टाइम बम बनेको एउटा पत्र

आगामी सोमबार बिहान नेपाली समय अनुसार ५ बजेर ४५ मिनेटमा एकै वर्ष दुईपटक यी दुई टोलीबीच फाइनल भिडन्त हुन लागेको हो । खेल अमेरिकाको न्यूजर्सीमा हुँदैछ ।

अभागीबाट भाग्यमानी बन्ला अर्जेन्टिना ?
अर्जेन्टिनी मेसी व्यावसायिक फुटबलमा बार्सिलोनाबाट पाउनेपर्ने उपाधि तथा व्यक्तिगत उपाधिको केही पाउन बाँकी छैन । तर, उनलाई राष्ट्रिय टिममा राम्रो गर्न नसकेको आरोप लाग्दै आएको छ । व्यावसायिकमा सफल भए पनि राष्ट्रिय टिममा राम्रो गर्न नसकेको आरोप एकातिर भए पनि मेसीकै प्रेरणामा अर्जेन्टिना २०१४ को फिफा विश्वकपमा फाइनलसम्म पुगेको थियो । फाइनलमा अर्जेन्टिना थप ३० मिनेटको पनि अन्तिम समयमा गोल खाँदा उपाधि नजिक पुगेर पनि टाढिएको थियो । गत वर्ष पनि मेसीकै प्रेरणामा अर्जेन्टिना कोपाको फाइनलमा पुग्यो । तर, चिलीसँग पेनाल्टीमा ४–१ ले हार्न पुग्यो ।

chile vs argentina

यसपटक फेरि मेसी प्रेरित अर्जेन्टिना गोञ्जालो हिगुइन, डि मारिया, सर्जियो अगुइरो, लाभेजी, मास्केरानो प्रेरित हुँदै फेरि फाइनलमा पुगेको छ । मेसीले फाइनलसम्म पुग्दा चार खेल्दा ५ गोल गरेका छन्, हिगुइनले पनि ५ खेलमा चार गोल गरेका छन् । यस क्रममा अर्जेन्टिनाले चिली, पानामा, बोलिभियालाई लिग चरणमा भेनेजुयलालाई क्वाटरफाइनलमा र अमेरिकालाई सेमिफाइनलमा पराजित गरेको छ । लिगको पहिलो खेलमा चिलीसँग मेसी विना नै उत्रिएको अर्जेन्टिनाले २–१ को साँघुरो जित बाहेक अरु टोलीमाथि फराकिलो जित हात पारेको छ ।

यता चिली पनि पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएयता सबै खेलमा प्रभावशाली देखिंदै आएको छ । चिलीले क्वाटरफाइनलमा बलियो मानिएको मेक्सिकोलाई ७–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । चिलीका लागि एलेक्सिज सान्चेज, भर्गास, हनान्डेजसहितका खेलाडी निक्कै प्रभावशाली मानिन्छन् । भरगासले मेक्सिकोविरुद्ध चार गोल गरेका थिए ।