हेडलाइन्स वाच ।

बुधबार विहान सम्म नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अष्ट्रेलिया जाने तयारीमा थिए । उनको भ्रमणको सबै चाँजो पाँजो मिलाइसकिएको थियो । उनले विदाइ भेटका लागि भन्दै सबै पार्टीका शीर्ष नेता भेटिरहेका थिए ।

राष्ट्रपतिकी छोरीको हठयोग, तस्विर भए भाइरल (फिचर)

उनले आफू केही दिनका लागि देश बाहिर हुने जानकारी पनि गराइरहेका थिए । तर अपरान्ह एकाएक प्रचण्डको सचिवालयले उनको भ्रमण स्थगित भएको जानकारी दियो । प्रचण्डको भ्रमण अकस्मात किन स्थगित भयो भन्ने विषयमा चर्चा परिचर्चा चलिरहेका छन् ।

prachanda in tension mood

यही अडकलवाजीकाबीच अष्ट्रेलियामा प्रचण्ड विरुद्ध उजुरी परेको भन्दै एउटा पत्र सार्वजनिक भएको छ । अष्ट्रेलियाको न्यू साउथ वेल्सका प्रधानमन्त्री माइक वार्डको कार्यालयलाई अष्ट्रेलियामा बस्ने एक नेपालीले प्रचण्ड विरुद्ध उजुरी दर्ता गरेको भन्दै उक्त पत्र समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ । अष्ट्रेलियामा आधारित कतिपय नेपालीहरुको फेसबुक र मिडियामा उनीविरुद्ध परेको भनिएको पत्र सार्वजनिक गरिएको छ । यसको आधिकारिकता नेपाली हेडलाइन्सले पुष्टी गर्न सकेन ।

case against Prachanda in Australia 1 प्रचण्डको अष्ट्रेलिया भ्रमण रोक्न माग गर्दै उजुरी पत्र लेखेपछि प्रचण्ड सम्म उक्त सूचना आएको बताइएको छ । प्रचण्ड विरुद्ध न्यू साउथ वेल्सका प्रिमियरलाई दिइएको भनिएको उक्त उजुरी पत्रमा प्रचण्डका कारण १५ हजार नेपालीको ज्यान गएको र उनले अष्ट्रेलिया गएर हिंसालाई नै बढावा दिने दावी गरिएको छ । प्रचण्डका कारण १ लाख ५० हजार मानिस विस्थापित भएको र अमेरिकाले तत्कालीन नेकपा माओवादीलाई अन्तर्राष्ट्रिय आतंकवादी संगठनको सूचीमा राखेको स्मरण समेत गराइएको छ ।

पुनः प्रधानमन्त्री बन्ने प्रस्ताव आएपछि प्रचण्डले भने -भो बन्दिन

नेपालीद्वारा सञ्चालित एमनटीभी डटकम डट एयुले न्यू साउथ वेल्सका प्रधानमन्त्रीका मिडिया म्यानेजरले नेपाली उजुरी कर्तालाई दिएको जवाफ भनिएको पत्र समेत सार्वजनिक गरेको छ । उक्त पत्रमा प्रचण्डको भ्रमणबारे परेको उजुरीबारे प्रिमियर वार्डलाई जानकारी भएको र यस विषयमा त्यहाँका न्याय मन्त्री, डेपुटि प्रिमियर देखि पुलिसलाई समेत जानकारी गराइएको उल्लेख छ ।

case against Prachanda in Australia

सौजन्यः एमनटीभी डटकम डट एयु

अष्ट्रेलियामा प्रचण्ड विरुद्ध डरलाग्दो अभियान

अष्ट्रेलिया जान लागेका प्रचण्डको भ्रमणलाई लिएर त्यहाँ रहेका उनका आलोचकहरु खतरनाकरुपमा सक्रिय भएको प्रमाण समेत नेपाली हेडलाइन्सले भेटेको छ । दीपा राई नेपाली नामकी एक महिलाले फेसबुकमा प्रचण्डलाई स्वागत गर्ने योजना लिक भएको भन्दै फेसबुकमा दुःख ब्यक्त गरेकी छिन् ।

पढ्नुस् उनको पुरा फेसबुक नोटः

यद्यपी प्रचण्डविरुद्ध उजुरी दिने को हो भन्ने अझै सम्म स्पष्ट भएको छैन । तर प्रचण्डलाई अष्ट्रेलियामा द्वन्द्धकालीन विषय उठान गरेर फसाउने तयारी रहेको कुरा बुझ्न कठिन छैन ।

मैले चीनसँग २ मुख्य कुरा मागेको थिएँ- प्रचण्ड

case against Prachanda in Australia 3

लाजिम्पाटको आधिकारिक भनाइः
पार्टीको आन्तरिक कारण र कार्यब्यस्थताका कारण प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगित भएको लाजिम्पाट श्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि भ्रमणमा नजान सुझाव दिएपछि प्रचण्डको भ्रमण स्थगित भएको बताइएको छ ।

case against Prachanda in Australia ५

प्रचण्ड उपस्थित हुने कार्यक्रमबारे अष्ट्रेलियामा बनाइएको पोष्टर

अष्ट्रेलियामा माओवादी निकट नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलियाको अधिवेशनमा भाग लिनका लागि उनीसहितको टोली त्यसतर्फ जाने भनिएपनि प्रचण्डको भ्रमण अन्तिम दिन आएर स्थगित भएको थियो । यस अघि चीन भ्रमण पनि प्रचण्डले अन्तिम समयमा आएर स्थगित गरेका थिए ।

के हुन सक्थ्यो ?
प्रचण्ड विरुद्ध अष्ट्रेलियामा केही अधिकारवादीहरु पनि सक्रिय रहेको खुलेको छ । उनीहरुले प्रचण्ड विरुद्ध एक पोष्टर नै प्रकाशित गरेर उनीमाथि ३७ वटा मानवअधिकारका मुद्धा चलिरहेको र जनयुद्धकै कारण हजारौं नेपाली युवा विदेशिन बाध्य भएको आरोप समेत लगाइएको छ । यदी प्रचण्ड अष्ट्रेलिया जान हिँडेका भए या त उनलाई त्यहाँ प्रवेश नदिने भनेर फर्काउन सकिन्थ्यो या त उनी त्यहाँ गएर पनि माानव अधिकार उल्लङ्घनकर्ता र मुद्धा चलिरहेका ब्यक्ति भनेर नेपाली सेनाका कर्णेल कुमार लामा बेलायतमा प्रक्राउ परेको शैलीमा पक्राउ पर्न सक्थे । अष्ट्रेलियामा रहेका नेपाली हेडलाइन्सका प्रधान सम्पादक सन्तोष भट्टराई भन्छन्, “प्रचण्ड अष्ट्रेलिया आउने विषयमा यहाँ रहेको नेपाली समुदाय पूर्णरुपमा विभाजित भैसकेको थियो । उनी पक्राउ नपरेको भएपनि कुनै न कुनै अप्रिय अवस्थाको सामना गर्नु पर्ने अनुमान गर्न कठिन थिएन । बेलायतकै कानूनी दायरा भित्र भन्दै त्यहाँ पक्राउ परेका नेपाली सेनाका कर्णेललाई नेपाल सरकार र सेनाले जति पहल गरेपनि नेपाल फर्काउन सकेको छैन । अन्तराष्ट्रिय कानूनको चक्करमा पर्दा बदनामी र समस्या दुवै हुने विश्लेषण अन्तिम समयमा लाजिम्पाटमा भएको थियो । प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको अवस्थामा अष्ट्रेलिया नजान सुझाव दिएको लाजिम्पाट श्रोतले खुलाइसकेको छ । यही पृष्ठभूमिमा प्रचण्डले उड्नु भन्दा केही घण्टा अघि अकस्मात भ्रमण स्थगित गरेका हुन सक्ने अनुमान गर्न कठिन छैन ।

चीनको सल्लाहमा प्रचण्डको यू-टर्न- हिन्दुस्तान टाइम्स