२२ भदौ, एजेन्सी ।

टर्कीको समुन्द्री किनारमा मृत्यु भएपछि संसारभरी हेडलाइन बनेका एक सिरियाली शरणार्थी बालकको मृत्युको शोकमा प्यालेस्टाइनीहरुले अनौठो प्रदर्शन गरेका छन् ।

वालकको मृत्यु भएकै स्थिती झल्काउन प्यालेस्टाइनीहरुले उस्तै स्थितीमा समुन्द्री किनारमा सुतेर विरोध जनाएका हुन् । उनीहरुले वालकको जस्तै पहिरन लगाएका थिए ।

Tribute to baby death on sea shore 1 टर्कीको समुन्द्री किनारमा फेला परेको एक तीन वर्षीय सिरियाली बालकको शवले यतिबेला संसारभरी चर्चा र बहस जन्माएको छ ।

धेरैलाई रुवाएको मृत्युः एक तस्विर संसारभरी हेडलाइन (तस्विर सहित)

पिताको हातबाट खसेर निधन भएका उनको तस्विर अहिले संसारभरी चर्चामा छ ।

Syria dead baby on beach 1

Tribute to baby death on sea shore 3

बालकका पिता अब्दुल्लाहले ३ वर्षका छोरा आयलान, ४ वर्षका अर्का छोरा घालेब र पत्नि रिहानालाई त्रासदी पूर्ण दुर्घटनामा गुमाउन पुगे । आप्रबासी चढेको डुङ्गा दुर्घटना हुँदा समुन्द्रमा खस्न पुगेका ती वालकको शव समुन्द्री किनारमा भेटिएको थियो ।

Tribute to baby death on sea shore

शरणका लागि टर्कीबाट ग्रीसतर्फ गइरहेका बेला आयलान नाम गरेका तीन वर्षीय बालक आफ्ना पांच वर्षे दाजु र आमासंगै डुंगा पल्टेर डुबेका थिए ।