१८ भदौ, काठमाण्डौ ।

सरकारले पेट्रोलियम पदार्थमा जस्तै सार्वजनिक सवारी साधनको भाडा दरमा पनि स्वचालित मुल्य प्रणाली लागु गर्ने भएको छ । सरकारले गत वर्ष असोजदेखि पेट्रोलिय पदार्थमा स्वचालित मुल्य प्रणाली लागु गरेको थियो ।

स्वचालित मुल्य प्रणाली अनुसार पेट्रोलियम पदार्थको मुल्य घटिरहेकोले भाडा दर पनि सोहि अनुसार समायोज गर्दा सहज हुने भन्दै सरकारले त्यसको तयारी शुरु गरेको हो । मुख्य सचिबको नेतृत्वमा रहेको केन्द्रिय अनुगमन तथा मुल्यांकन समितिले विभिन्न चरणमा छलफल गरि यस्तो प्रणली लागु गर्न निर्देशन दिइसको छ ।

buses nepal111

अब तत्कालै पेट्रोलियम पर्दाथमा मुल्य समायोजन भएजस्तै भाडा पनि स्वचालित रुपमा समायोजन हुने व्यबस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइसकेको मुख्यसचिब सोमलाल सुबेदीले जानकारी दिए ।

त्यस अनुरुप भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय र बाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सार्बजनिक सवारी साधनको भाडा दरमा समेत स्वचालित मुल्य प्रणाली कायम गर्ने तयारी थालेका छन् ।

यातायात व्यबस्था बिभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले पनि पेट्रोलियम पदार्थमा जस्तै स्वचालीत प्रणाली लागु गर्ने विषयमा छलफल भैरहेको बताए । स्वचालित प्रणली लागु भए पेट्रोलियम पदार्थको मुल्यमा प्रतिलिटर पाँच रुपैया घटबढ भए स्वतः भाडादर पनि निश्चित प्रतिशतमा घटबढ हुनेछ ।

पेट्रोलियम पर्दाथको मुल्य पटक–पटक घटेपनि सार्बजनिक सवारी साधनको भाडा नघटाएको भन्दै आलोचना भएपछि त्यसबाट बच्न सहज हुने भन्दै सरकारले यस्तो प्रणली लागु गर्ने तयारी गरेको हो । भाडा समायोजन गर्दा इन्धनको हिस्सा ३५ प्रतिशत र अन्य सुचकको हिस्सा ६५ प्रतिशत मान्ने गरिएको छ ।

Double decker bus

केहि दिन भित्रै भाडा घट्छ– महानिर्देशक श्रेष्ठ स्वचालित मुलय प्रणाली लागु गर्न केहि समय लाग्न सक्ने भन्दै सरकारले त्यसअघि नै भाडादर समायोजनको तयरी गरिरहेको छ । पेटोलियम पदार्थको मुल्य घटिरहेकोले भाडा दर समायोजनको तयारी भैरहेको यातायात व्यबस्था बिभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।

अब केहि दिन भित्रैसार्बजनिक सवारी साधनको भाडा घटाएर नयाँ भाडादर कायम गरिने उनको भनाई छ । सरकारले पछिल्लो पटक गत वर्ष फागुन ९ गते भाडा समायोजन गरेको थियो । यसअघि प्रतिलिटर डिजेल तथा पेट्रोलको मुल्य पाँच रुपैया घटेपछि मात्रै मुल्य समायोजन गर्न मिल्ने भन्दै सरकारले भाडा समायोजन गरेको थिएन ।

bus tourist

तर, सरकारले पाच रुपैया मुल्य घटेकोले भाडा घटाउने तयारी गरिरहे पनि यातायता व्यबसायी अहिले नै भाडा दर नघटाउन नसकिने बताउछन् छन् । डिजेलको मुल्य प्रतिलिटर पाँच रुपैया भन्दा बढि नघटेको दाबी गर्दै व्यबसायीले यस्तो अडान लिएका हुन् ।

नेपाल यातायात व्यबसायी राष्ट्रिय महासंघका बरिष्ठ उपाध्यक्ष डोलराज खनालले सरकारले तयारी गरेपनि तत्कालै भाडा नघट्ने बताए । घटेको मुल्य कार्यान्वयन भइसके पनि भाडा नघट्दा सर्बसाधारणले पेट्रोलियम पदार्थमा मुल्य घटेको अनुभूति गर्न पाएका छैनन् ।