बोल्ड सिनको कुरा उठ्दा पोर्न स्टार हुदै बलिउड छिरेकी सन्नी लियोनीलाइ अन्यले टक्कर दिन सक्दैनन्। डिसेम्बर ४ मा रिलिज हुने तयारीमा रहेको एक बलिउड फिल्मले भने सन्नीको बोल्ड सिनलाइ तगडा टक्कर दिनेवाला छ।

december 4 films (1)

डिसेम्बर ४ मा सन्नी लियोनीको ‘मस्तीजादे’ फिल्म रिलिज हुन लागेको छ। फिल्ममा सन्नी आफ्नै पुरानै रुप अनी शैलीमा प्रस्तुत हुनेछिन्। फिल्ममा बोल्ड सिन प्रशस्त हुनेछन्। तर सोही दिन एक अर्को फिल्म पनि रिलिज हुदैछ।

zarin and daisy

जरीन खान र डेजी शाहको भरपुर बोल्ड सिनले भरिएको ‘हेट स्टोरी ३’ पनि डिसेम्बर ४ मा नै रिलिज हुदैछ। यो फिल्मले बलिउड फिल्म इतिहासको ‘अश्लीलता’को सबै रेकर्ड तोड्ने अनुमान लगाउन सकिने ट्रेलर पनि सार्वजनिक गरेको छ। सार्वजनिक भएको यो फिल्मको ट्रेलरमा निकै धेरै कामुक दृश्य छन्।

सन्नीको ‘मस्तीजादे’ बोल्ड सिनकै कारण लामो समयसम्म सेन्सर बोर्डको अनुमतिको पर्खाइमा थियो। हेट स्टोरी पनि निकै समयसम्म सेन्सर बोर्डमै अड्किएको थियो। फिल्मको ट्रेलर पनि निकै काँटछाँट गरेपश्चात सार्वजनिक गरेको बताइन्छ।

हेट स्टोरी ३ को ट्रेलर हेर्नुहोस्।