१३ असार, काठमाडौं ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच आज बिहान अध्यक्ष निवास लाजिम्पाटमा भेट भएको छ ।

अनिश्चितकालीन यातायात बन्दको घोषणा

उक्त भेटका क्रममा अष्ट्रेलियन राजदुतले अष्ट्रेलिया भ्रमण स्थगित गरेको विषयमा चासो राख्दै मिडियामा आएको जस्तो नभएको अवगत गराएका थिए । उनले आफु नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको कुरा जानकारी गराए ।

prachanda australian ambassador

अध्यक्ष क. प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेको बारे आफु अवगत रहेको बताए । वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले स्थगित गर्नुपरेको बताएका थिए अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय पनि उपयुक्त नभएकोले पनि स्थगित गर्नु परेको बताए। उनले उपयुक्त समयमा अष्ट्रेलियाको भ्रमण गर्ने कुरा बताए ।

मेस्सीलाई अर्जेन्टिनी राष्ट्रपतिको फोन, सन्यास फिर्ता लिन आग्रह

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक विकासका बारेमा उनीसँग चर्चा गरेका थिए । नेपालको राजनीतिक विकास प्रत्रिया विशिष्ट खालको रहेको अध्यक्षले जनाए ।

प्रचण्डको अष्ट्रेलिया भ्रमण स्थगन प्रकरणः टाइम बम बनेको एउटा पत्र

संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, मधेशी, थारू, जनजातिलगायतको मागलाई छलफल गरी सम्बोधन गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन र जनताका समस्यालाई हल गर्न राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतीय सरकार आवश्यकता रहे को अध्यक्ष प्रचण्डले भेटका अवसरमा बताए । उनले भने, “यसका निम्ति राजनैतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ” साथै “अन्तर्राष्ट्रिय समुदायको समेत सकारात्मक सहयोगको निम्ति अपेक्षा गर्दछौं ।”

राजदूत ह्वाइटले अष्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई सहयोग गर्दै आइरहेको तथा पुनर्निमाणमा सहयोग गरिरहेको जानकारी गराए । त्यसत्रममा अध्यक्ष प्रचण्डले भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणलगायतका क्षेत्रमा सहयोगका लागि समेत धन्यवाद दि ।

काठमाडौं, असार १३ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष कमरेड प्रचण्ड र अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटबीच आज बिहान अध्यक्ष निवास लाजिम्पाटमा भेट भयो।

उक्त भेटका क्रममा अष्ट्रेलियन राजदुतले अष्ट्रेलिया भ्रमण स्थगित गर्नुभएको विषयमा चासो राख्दै मिडियामा आएको जस्तो नभएको अवगत गराउनु भयो । उनले आफु नियमित रुपमा अष्ट्रेलियन सरकार, पुलिस र महान्यायधिवक्ताको सम्पर्कमा रहेको र त्यसक्रममा कुनै समस्या नरहेको कुरा जानकारी गराए ।

अध्यक्ष क. प्रचण्डले मिडियामा आएको जस्तो स्थिति नरहेको बारे आफु अवगत रहेको बताए। वर्तमान राजनीतिक स्थिति, पार्टी कामको चापका कारणले स्थगित गर्नुपरेको बताए । अष्ट्रेलियामा आम निर्वाचन हुन गइरहेकोले भ्रमणको समय पनि उपयुक्त नभएकोले पनि स्थगित गर्नु परेको बताउनु भयो । उनले उपयुक्त समयमा अष्ट्रेलियाको भ्रमण गर्ने कुरा बताए ।

भेटका अवसरमा अध्यक्ष प्रचण्डले नेपालको राजनीतिक विकासका बारेमा चर्चा गरेका थिए । नेपालको राजनीतिक विकास प्रत्रिया विशिष्ट खालको रहेको अध्यक्षले जनाए । संविधान कार्यान्वयन गर्न, शान्ति प्रक्रियाका बाँकी कार्यभार पुरा गर्न, मधेशी, थारू, जनजातिलगायतको मागलाई छलफल गरी सम्बोधन गर्न, पुनर्निर्माण अभियानलाई तीब्रता दिन र जनताका समस्यालाई हल गर्न राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतीय सरकार आवश्यकता रहे को अध्यक्ष प्रचण्डले भेटका अवसरमा बताउनु भयो । वनले भने, “यसका निम्ति राजनैतिक पार्टीहरुबीच सकारात्मक छलफल भइरहेको छ” साथै “अन्तर्राष्ट्रिय समुदायको समेत सकारात्मक सहयोगको निम्ति अपेक्षा गर्दछौं ।”

राजदूत ह्वाइटले अष्ट्रेलियन सरकारले नेपाल र नेपाली जनतालाई सहयोग गर्दै आइरहेको तथा पुनर्निमाणमा सहयोग गरिरहेको जानकारी गराए । त्यसत्रममा अध्यक्ष प्रचण्डले भूकम्पबाट प्रभावित क्षेत्रमा पुनर्निर्माणलगायतका क्षेत्रमा सहयोगका लागि समेत धन्यवाद दिए