१५ चैत, एजेन्सी ।

आयोजक भारत जारी टी-२० विश्वकपको सेमिफाइलनमा प्रवेश गरेको छ । चीर प्रतिद्वन्द्धी अष्ट्रेलियालाई हराउन बिराट कोहोलीको विष्फोटक ब्याटिङका कारण भारत घरेलु दर्शकको उत्साह कायम राख्न सफल भयो ।

अष्ट्रेलियालाई हराउन बिराट कोहोलीले ५१ बलमा नटआउट ८२ रनको योगदान गरे । आइतबार अष्ट्रेलियामाथिको विजयसँगै भारत विश्वकप विजेता बन्ने सम्भावना बढेको विश्लेषण भारतीय सञ्चार माध्यमले गरेका छन् ।

world cup t-20

अष्ट्रेलियालाई हराएपछि भारतले विश्वकप जितेका फेहरिस्तका आधारमा भारतीय मिडियामा यस्तो विश्लेषण गरिएको हो ।

सन् १९८३ मा विश्वकपको क्रममा कपिल देवको कप्तानीमा रहेको भारतले अष्ट्रेलियालाई हराएको थियो । त्यसपछि भारत च्याम्पियन बनेको थियो ।

India World Cup 1
सन् २००७ मा टी-२० को पहिलो विश्वकपमा पनि भारतले अष्ट्रेलियालाई प्रतियोगिताबाट बाहिर पठाएर अन्त्यमा च्याम्पियन बनेको थियो ।

India World Cup 2

सन् २०११ मा पनि भारतले अष्ट्रेलियामाथिको जितपछि च्याम्पियन बन्ने इतिहास दोहोर्‍याएको थियो ।

India World Cup 3

सन् २०१६ मा पनि भारतले अष्ट्रेलियालाई छनौट चरणबाटै बाहिर पठाएर सेमिफाइनलमा पुगेको छ ।

India World Cup 4

इतिहासको फेहरिस्तको आधारमा भारतले विश्वकप जित्ने सम्भावना बढेको भारतीय सञ्चार माध्यमको विश्लेषण छ ।

धोनीमाथि खनिए योगराज सिंह -धोनीको घमण्ड चकनाचुर हुनेछ

खेल जितेपछि प्रश्न सोध्दा पत्रकारसँग कड्किए धोनी

अष्ट्रेलिया विरुद्ध धोनीका ४ गेम प्लान