११ चैत, एजेन्सी ।

भारतमा जारी टी-२० विश्वकपमा बुधबार आयोजक भारतले बंगलादेशलाई रोमाञ्चक खेलमा १ रनले हरायो ।

अन्तिम बल सम्म अनिर्णित रहेको खेलमा भारतले बंगलादेशलाई १ रनले पराजित गरेपनि अन्तिम समय सम्म भारतीय टिम मात्र नभएर रंगशालामा रहेका हजारौं दर्शक तनावग्रस्त मुद्रामा थिए ।

 

mahendra dhoni

तनावकाबीच खेल जितेपछि प्रेस कन्फरेन्समा पुगेका भारतीय कप्तान महेन्द्र सिंह धोनीमाथि प्रश्नको वर्षा भयो । क्याप्टेन कुल भनेर चिनिने धोनी एक पत्रकारसँग रिसाए पनि ।

बंगलादेशलाई ठूलो अन्तरले जित्नु पर्नेमा किन यस्तो भयो भनेर सञ्चारकर्मीले सोधेपछि धोनीले रिसाएर जवाफ दिएका थिए । उनले पत्रकारलाई उल्टो प्रश्न गर्दै भने, ‘तपाइँ भारतको जितमा खुसी हुनुहुन्न ?’ ।

 

रुन खोज्दै बंगलादेशी कप्तानले बताए हार्नुको कारण
धोनीले अन्तिम ओभरमा भनेका थिए- भुलेर पनि

धोनीले क्रिकेटमा कुनै स्क्रिप्ट नहुने र एनालाइसिस गरेर खेल्नु पर्ने जवाफपनि ती पत्रकारलाई दिए । अवदेखि यस्तो प्रश्न नगर्न पनि उनले पत्रकारलाई सुझाव दिए ।

उता भारतसँग १ रनले पराजित भएर टी-२० विश्वकप प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको बंगलादेशका कप्तान मशरफी मुर्तजाले आफ्नो टिम अन्तिम ३ बलमा खेल हार्न बाध्य भएको बताएका छन् ।

नाङ्गिने घोषणा गरेकी पाकिस्तानी मोडलले गरिन् बिराटलाई प्रेम प्रस्ताव