१५ चैत, काठमाडौं ।

आफूसँगै आयोजक रहेको न्यूजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले ५ औं पटक विश्वकप ट्रफी उचालेको छ । अष्ट्रेलियाले न्यूजिल्याण्डले दिएको १८४ रनको लक्ष्य केवल ओभरमा पुरा गर्‍यो ।

australai world cup celebration

आयोजक राष्ट्रले इतिहास रच्दै ५ औं पटक विश्वकप क्रिकेटको उपाधी उचाल्दा घरेलु दर्शकमाझ खुसियाली देखिएको छ । मैदानमा पहेला जर्सी लगाएर उपस्थित भएका घरेलु मैदानलाई खुसी दिन अष्ट्रेलियाली ब्याट्सम्यानहरुले खासै मेहनत गर्नु परेन ।

सानो लक्ष्य पच्छ्याउँदा पनि अष्ट्रेलियाका स्टेभेन स्मिथले अर्धशतक बनाए । कप्तान माइकल क्लार्कले सबै भन्दा बढी ७४ रनको पारी खेले ।

स्मिथले अन्तिम चौका प्रहार गर्दै देशलाई ५ औं विश्वकप जिताए र आफ्नो स्कोर पनि ५५ पुर्‍याए । उनले ७१ बलमा ५५ रन हाने ।

 

यो पनि हेर्नुस्

 

विश्वकप क्रिकेटको मैदानमा खेलाडी झगडा गरेपछि आपत 

ट्रफी दिने कुरामा आइसीसीमै विवाद