आफ्नो शरिरको बनावट अनि रुपकै कारण समाजबाट हेला पाउनु कत्तिको ठिक हो? सुन्दरता शरीरमा हैन, मनमा हुन्छ, व्यवहारमा हुन्छ। यी त भए सभ्य आदर्शको कुरा। बिडम्बना के छ भने, मानिसहरुमा सुन्दरताको कडीको रुपमा रहेको ‘शारीरिक बनावट’ परिवर्तन हुन सकेको छैन। मानिसले अझै सिकेका छैनन कि अन्यलाई दाँज्ने नै हो भने पनि आधार केलाई मान्ने, शारीरिक सुन्दरता कि व्यवहार?

यी ९ जनाको तस्विर हेर्नुहोस् जो अरू मानिसहरूको तिरस्कृत दृष्टि सहेर बस्दथे-

१. सिल्जिए (Schiltzie)

Schiltzie (1)

सिल्जिएलाई सबैले ‘पिनहेड’ भनेर बोलाउँदथे। उनी ‘माइक्रोसेफालस’ नामक रोगबाट पिडित थिए। यसको कारण उसको निधार र दिमाग असाध्यै सानो थियो।

२. एला हार्पर (Ella Harper)

Ella Harper (2)

उनलाई सबैले ‘क्यामेल गर्ल’ भन्ने गर्दथे। उनी जन्मिँदा नै त्यस्तो असामान्य बनावटकि थिइन् जसले गर्दा उनको खुट्टा पछाडि तर्फ फर्किन्थ्यो। सन् १८०० तिर उनले थुप्रै सर्कसहरूमा पनि आफ्नो असामान्यताको प्रदर्शनी गरेकी थिइन् र उनलाई पत्रिकाले ‘प्रकृतिकै उत्कृष्ट सृष्टि’ भनेर पनि भनेको थियो।

३. फ्यानी मिल्स (Fanny Mills)

Fanny Mills (3)

मिल्सलाई ‘ओहायो बिग फुट गर्ल’ पनि भन्दथे र उनी ‘मिलरोय’ नामक रोगबाट ग्रसित थिइन जसको कारण उनको खुट्टा असामान्य तरिकाले सुन्निन्थ्यो। उनको खुट्टा सुन्निएर १७ इन्च सम्म पुगेको थियो र उनको ३९ वर्षको भएपछि निधन भएको थियो।

४. जोसेफ मेरिक (Joseph Merrick)

Joseph Merrick (4)

सबैले उनलाई ‘एलिफेन्ट म्यान’ भन्थे। उनको शरीरमा असाधारण गुइँठाहरू आएको थियो र त्यसको कारण उनको पिताले सानै उमेरमा घरबाट निकालेको थियो।

५. एडुअर्ड बउप्रा (Edouard Beaupre)

Edouard Beaupre (5)

आफ्नो पिताको २० वटा छोराछोरी मध्ये उनी सबैभन्दा जेठो थिए र ऊ सबैभन्दा अग्लो थियो। उनी १७ वर्षको उमेर ७ फिटको उचाई थियो र उनले सर्कसको काम छोडेर बडि गार्ड बनेका थिए।

६. निकोडेमस, द इनडिस्क्राइबेबल (Nicodemus, the Indescribable)

Nicodemus, the Indescribable (6)

उनको वास्तविक नाम ‘जोन डुग्स’ थियो र ऊ जन्मिँदा उनको खुट्टा असामान्य बनावटको थियो। तर शरीरको बनावटले धोका दिँदा दिँदै पनि उनी असाध्यै बलियो थिए।

७. मिग्नन, द पेन्गुइन गर्ल (Mignon, the Penguin Girl)

Mignon, the Penguin Girl (7)

‘फोकोमेलिया’ नामक अवस्थाबाटै जन्मिएकी मिग्ननको शारीरिक बनावट ठ्याक्कै पेन्गुइनको जस्तै थियो।

८. लेन र अर्नी (Len and Ernie)

Len and Ernie (8)

‘अर्नी डेफोर्ट’, “दुई भाई, एक टाउको” को नामले पनि चिनिने बालक जन्मिँदा आफ्नो छातिमा आफ्नो जुडुवा भाईसँग जन्मिएको थियो। जब उनी १२ वर्षका थिए, उसको परिवारले उक्त शरीरको अप्रेसन गरेर छुट्ट्याउने निर्णय गरेका थिए तर अर्नीले मानेका थएनन्, किनभने उनले आफ्नो जुडुवा भाईलाई असाध्यै माया गर्दथे। फेरी उक्त बनावटले उमेर सँगसँगै आफ्नो शरीरलाई पनि हानी गरिरहेको थियो।

९. फ्रान्सेस्को ए. लेन्टिनी (Francesco A. Lentini)

Francesco A. Lentini (9)

उनी सफल सर्कर कलाकार थिए, र उनको शरीरको पछाडि पट्टिबाट आफ्नो जुडुवा भाईको दुईवटा खुट्टा निस्किएको थियो।