हामीले फेर्ने हावा अक्सिजन हो। अक्सिजन एउटा तत्वको नाम हो। दुई वटा अक्सिजनका अणु मिले पछि अक्सिजन ग्याँस बन्छ, जुन हामीलाई हरपल आवश्यक पर्छ। अक्सिजनको तीनवटा अणु मिलेर ओजोन बन्छ। सुर्यबाट आउने अधिकांश विकिरण सोस्न सक्ने हुन्छ ओजोन। वायुमण्डलको माथील्लो तह (थर्मोस्फेयर/एक्जोस्फेयर)मा हुने ओजोनको रंग निलो हुन्छ। दिउँसो सुर्यको किरणलाई यसले परावर्तन गर्ने हुँदा हामीले आकाश निलो देख्छौं।
तर पृथ्वीमा यस्ता ठाँउहरु पनि छन् जहाँ आकाशमा सधै निलो रंग मात्र देखिदैन। खगोलिय विकिरण, सौर्य बतास, तथा पृथ्वीको चुम्बकिय गुण आदिको कारणले आकाशमा विभिन्न रंगका प्रकाश देखिन्छन्।
चार्ज सहितका प्रोटोन, इलेक्ट्रोन वायुमण्डलमा प्रवेश गर्दा वायुमण्डलका विभिन्न पदार्थसंग प्रतिक्रिया गरि यस्ता विभिन्न रंगका प्रकाश निस्कने हुन्छ। साथै वायुमण्डलमा हुने पानी तथा स-साना हिँउका कणहरुले पनि सुर्यको प्रकाशलाई बिभिन्न रंगमा छुट्याइदिने गर्दछन्।
यस्तो रंगीचगीं आकाश मुख्यतः पृथ्वीको ध्रुवीय क्षेत्रमा देखिन्छ। पृथ्वीको ध्रुव बाहेक अन्य ठाँउमा पनि यस्तो अलौकिक प्राकृतिक दृश्य भने देखिने गरेको छ।
रातीको समय ताराहरुको प्रकाश पनि त्यतिकै आकर्षक हुन्छ। तर यसको लागि सफा वायुमण्डल हुन आवश्यक छ। दुर्भाग्य, राजधानी काठमाडौं अनि देशका व्यस्त सहरको धुलो र धुवाबाट यस्ता अलौकिक प्राकृतिक सुन्दरता हेर्न सकिदैन। हिमाली अनि उपल्ला पहाडी क्षेत्रबाट भने राती आकाशगंगाको साथै अन्त तारामण्डलका धपक्क प्रकाश अवलोकन गर्न सकिन्छ।
दक्षिण अमेरिकामा सन् २०१४ मा खिचिएको तस्बिर