काठमाडौं, ३१ जेठ । काठमाडौं उपत्यकामा आगामी आइतबार सम्पूर्ण निजी विद्यालय बन्द हुने भएका छन् ।

प्याब्सन र एनब्यापसनले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै आइतबार काठमाडौं जिल्ला अन्तर्गत गरेका सम्पूर्ण निजी विद्यालय बन्द हुने जनाएको हो । कान्तिपुर एकेडेमी जोरपाटीका प्रिन्सिपल, गोकर्णेश्वर नगर एनप्याब्सनका अध्यक्ष एवं काठमाडौं एनप्याब्सनका सहसचिव बालकुमार गुरुङको निधन भएकाले विद्यालय बन्द गर्ने निर्णय गरिएको विज्ञप्तीमा उल्लेख छ ।

दुवै संस्थाले पूर्व शिक्षा मन्त्री धनिराम पौडेलको अकल्पनीय निधनप्रति श्रद्धाञ्जली पनि व्यक्त गरेका छन् ।