एजेन्सी । बेलायती प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिएकी छिन् । उनले ७ जुनमा सत्तारुढ कन्जरभेटिभ पार्टीको नेताको पदबाट पनि राजीनामा दिने भएकी छिन् । अर्को प्रधानमन्त्रीको टुंगो नलागुन्जेलसम्म उनी पदमा कायम रहनेछिन् ।

राजीनामा घोषणा क्रममा भावकु हुँदै आँखाभरी आँशु पारेकी मे ले सन् २०१६ मा भएको जनमत संग्रहको नतिजाको सम्मानका लागि आफूले प्रयास निरन्तर जारी राख्ने पनि बताएकी छिन् । युरोपेली युनियन इयुबाट बाहिरिने ब्रेक्जिट मुद्दामा असफल भएपछि उनले राजीनामा दिनुपरेको हो । उनले पटक पटक संसदमा लगेको प्रस्ताव फेल भएपछि उनीमाथि राजीनामा दिन दबाब परेको थियो ।

उनले ब्रेक्जिट मुद्दा निश्कर्षमा पुर्याउन नसकेकोमा दुःख व्यक्त गरेकी छिन् । उनले देशको हित हेर्ने हो भने नयाँ प्रधानमन्त्रीले यसलाई अघि बढाउनुपर्ने उनको सुझाव छ । काँपेको स्वरमा उनले भनिन्, प्रधानमन्त्रीका रुपमा काम गर्नु मेरो जीवनकै सबैभन्दा गर्वको विषय हो । उनले आफू दोस्रो महिला प्रधानमन्त्री रहेको भन्दै तर अन्तिम नभएको पनि बताएकी छिन् । यति भन्दै गर्दा उनका गला अवरुद्ध भएका थिए ।