काठमाडौं, ९ बैशाख । इण्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा आज सोमबार सन्दिप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स भिड्दैछन् ।

खेल अहिले सवा ८ बजे सवाइ मानसिंह स्टेडियम जयपुरमा हुनेछ । दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । किँग्स इलाभेन पञ्जावविरुद्धको खेलमा ३ विकेट लिएका नेपाली बलर सन्दिप लामिछाने आज टिममा परेनन् । उनको ठाउँमा क्रिस मोरिस आएका छन् । सन्दिपले चालू सिजनमा दिल्लीबाट ५ खेल खेलिसकेका छन् । जसमा उनले ८ विकेट लिइसकेका छन् ।

आइपीएलको चालू सिजनमा दुई टिम पहिलोपटक भिड्न लागेका हुन् । राजस्थानको घरेलु मैदान जयपुरमा पछिल्लो ७ वर्षयता दिल्लीले राजस्थानलाई जित्न सकेको छैन ।