काठमाडौं, १४ बैशाख । इन्डियन प्रिमियर लिग आइपीएल क्रिकेटमा आज शनिबार राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद भिड्दैछन् ।

अंक तालिकाको सातौं स्थानमा रहेको राजस्थानले आफ्नो घरेलु मैदानमा हैदराबादविरुद्ध बदला लिने तयारीका साथ मैदान उत्रिँदा हैदराबाद भने जितलाई निरन्तरता दिने प्रयत्नमा हुनेछ । हैदराबादले ११ खेलबाट १० अंक जोडेर चौथो स्थान कायम गरेको छ भने समान खेल खेलेको राजस्थानको ८ अंक मात्रै छ ।

पछिल्लो ६ वर्षदेखि राजस्थानले घरेलु मैदानमा हैदारवादलाई हराउन सकेको छैन । जारी सिजनको पहिलो भेटमा हैदरावादले राजस्थानलाई ५ विकेटले हराएको थियो । अंक तालिकाको शीर्ष ४ मा रहिरहनेमा हैदरावादको ध्यान हुनेछ । राजस्थान भने प्लेअफमा स्थान सुरक्षित गर्नका लागि गर या मरको अवस्थामा छ ।