४ वैशाख, एजेन्सी

पोर्चुगलमा एक सुपरमार्केटमा विमान दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

उडेको केही समयमै विमान आकाशमै विस्फोट पश्चात टायर्सको लिद्लमा पाकिङ गर्ने स्थलमा सामान झारिरहेको एक लरीमा ठिक्किएको बताइएको छ। लगतै पार्किङ गरिराखिएका कयौं गाडीहरुमा पनि आगजनी भएको छ।

स्वीटजरल्याण्डको सो सानो विमान टायर्सबाट उडेको थियो। विमानमा रहेका पाइलट र तीन जना यात्रुको मृत्यु भएको बताइएको छ।