४ बैशाख काठमाडौं । काठमाडौं उपत्यकामा जथाभावी हर्न बजाउनेमाथि ट्राफिक प्रहरीले कारवाही सुरु गरेको छ ।

हिजो एकै दिन ४ सय १२ जना जथाभावी हर्न प्रयोग गर्ने सवारी चालक कारवाहीमा परेको महानगरीय ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उनीहरुले जनही ५ सय रुपैयाँ जरिवाना तिर्नुपर्नेछ ।

काठमाडौं उपत्यकालाई बैशाख १ गतेदेखि जथाभावी हर्न बजाउन पूर्ण रुपमा निषेध गरिएको छ । नयाँ नियम अनुसार अर्काे सडक नदिने मोड र दुर्घटना हुने अवस्था बाहेक अरु बेला जथभावी हर्न बजाउन पाइनेछैन ।