१० असार, काठमाडौं । निर्वाचन आयुक्त ईश्वरी प्रसाद पौडेलले स्थानीय निर्वाचनको आचार संहिता पालना नगर्ने जो सुकैलाई पनि कारवाही गरिने बताएका छन् ।

स्थाीनय निर्वाचनको सन्र्दभमा अनुगमनका क्रममा गुल्मी सदरमुकाम तम्घासमा पुगेका पौडेलले निर्वाचनको मौन समयमा पनि आचार संहिता पालना गर्न सवैलाई आग्रह गरे ।

पछिल्लो समयमा आयोगले निर्धारण गरेको आचार संहितामा टिसर्ट टोपी र उपहारका सामग्री बितरण गर्न नपाइने भनि निर्धारण गरेकाले त्यसको पनि कडाईका साथ लागू गर्न आग्रह गरे ।

आचार संहिता सवै राजनीतिक दलहरु सवै संगै बसेर बनाएको हुँदा राजनीतिक दलहरुले नै आचार संहिता पालनामा ध्यान दिनु पर्नेमा बिशेष जोड दिए ।

भोली राती १२ बजेवाट मौन अवधी सुरु हुने भएकाले त्यस समयमानै आर्थिक चलखेल हुनसक्ने भएकाले त्यसमा पत्रकार लगायत राजनीतिक दल , सुुरक्षा निकाय आम सवैले त्यसमा कडाइका ध्यान दिनुपर्नेमा उनले आग्रह गरे ।