२० कात्तिक, काठमाडौं । साताको चौथो दिन पनि सुनको मूल्य घटेको छ । सोमबार र मंगलबार लगातार घटेको सुनको मूल्य बुधबार पनि घटेको छ ।

बुधबार छापावाल सुन प्रतितोला ७० हजार २ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सूनको मूल्य प्रतितोला ६९ हजार ९ सयमा झरेको नेपाल सुनचाँदी व्ययवसायी महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य प्रतितोला ८ सय ४५ रुपैयाँमा कायम भएको छ ।

यसअघि मंगलबार सुनको छापावाल सुन प्रतितोला ७० हजार ८ सय, तेजाबी सुन प्रतितोला ७० हजार ५ सय र चाँदी प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भएका थियो । बुधबार सुनमा प्रतितोला ६ सय र चाँदीमा प्रतितोला २० रुपैयाँ मूल्य घटेको छ ।