२० कात्तिक, एजेन्सी । बलिउड अभिनेत्री स्वरा भास्कर प्रायजसो चर्चामा आइरहने नायिका हुन् । कहिले चलचिमा गरेको भूमिका त कहिले राजनीतिक विचारधाराका कारण चर्चा आइरहने नायिका यसपटक पनि चर्चामा आएकी छन् ।

तर यसपटक भने उनी एक ४ वर्षीय बालकलाई गाली गरेपछि चर्चामा आएकी हुन् । बालकलाई गाली गर्ने क्रममा उनले अपशब्द प्रयोग गरेकाी थिइन् । यहि विषयलाई लिएर दर्शकले उनको विरोध गरिरहेका छन् ।

सामाजिक सञ्जालमा एक भिडियो अहिले एकदमै भाइरल बनिरहेको छ । भिडियोमा स्वर भास्करले एक ४ वर्षको बालकलाई गाली गर्दै अश्लिल शब्द प्रयोग गरेकी छन् । उनले भिडियोमा बच्चलाई ‘कमीना’ शब्द प्रयोग गरेकी छन् भने अर्को अश्लिल शब्द पनि प्रयोग गरेकी छन् । एक विज्ञापनको छायांकनको क्रममा उनलाई एक ४ वर्षको बच्चाले आन्टी भनेपछि उनले बच्चालाई गाली गरेकी हुन् ।

उनी भन्छिन्, ‘त्यतिबेला मेरो करियर नै शुरु भएको थिएन, त्यो समयमा एक बालकले आन्टी भन्यो ।’ स्वराले बालकलाई गाली गर्दा त्यहाँ भएका अन्य मानिसहरु हाँसिरहेका थिए । बालकलाई अश्लिल शब्दले गाली गरेको भन्दै सामाजिक सञ्जालमा उनको विरोध भइरहेको छ ।

यो भिडियो भाइरल भएसँगै उनीविरुद्ध उजुरी परेको छ । एक एनजिओ लिगल राइट्स प्रोटेक्शन फोरमले त्यहाँको बालअधिकारको संरक्षण आयोगमा उजुरी दर्ता गरेको हो । एनजिओले स्वरा भास्करलाई कानुनअनुसार कडा कारवाहीको माग गरेको छ ।