२५ पुष, काठमाडौं । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । राति १० बजेर ५२ मिनेटदेखि सुरु भएर विहान ३ बजेसम्म रहनेछ । यो चन्द्रग्रहणमा पातलो छाया र खण्डग्रास मात्रै देखिने बताइएको छ । नेपाल, भारतसहित अन्य एशियाली देश, युरोप, अफ्रिका र अष्ट्रेलियाबाट पनि देख्न सकिनेछ । सन् २०२० मा कूल ६ वटा ग्रहण लाग्नेछ ।

जसमध्ये दुई सूर्यग्रहण र चार वटा चन्द्रग्रहण छन् । आजको चन्द्रग्रहणपछि जुन ५, जुलाई ५ र नोभेम्बर ३० मा चन्द्रग्रहण लाग्नेछ । सूर्य ग्रहण जुन २१ र १४ डिसेम्बरमा लाग्नेछ । केही हप्ताअघि २६ डिसेम्बरमा पनि सूर्यग्रहण लागेको थियो ।

कसरी लाग्छ चन्द्रग्रहण ?

सूर्यको परिक्रमा गर्ने क्रममा पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्ने गर्दछ । पृथ्वीले सूर्यलाई घुम्ने गति र चन्द्रमाले पृथ्वीलाई घुम्ने गति समान छैन । यहि असमानताका कारण संयोगले कुनै बेला यी पिण्डहरु एउटै सिधा रेखामा पर्दा कहिले पृथ्वीको छायाँ चन्द्रमामा र चन्द्रमाको छायाँ पृथ्वी पर्छ । यसरी छायाँ परेको अवस्था ग्रहण हो । पृथ्वीको छायाँ चन्द्रमामा पर्दा चन्द्रग्रहण लाग्छ भने चन्द्रमाको छायाँ पृथ्वीमा पर्दा सूर्यग्रहण लाग्ने गर्दछ ।